News Category 2077/12/05
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. २ कनकपट्टी थलहा डगर टोलका १४ सुकुम्वासी दलित परिवारका लागि निर्माण गरिएको घर बिहीबार हस्तान्तरण गरिएको छ ।
महुली सामुदायिक विकास केन्द्रको सहजिकरण तथा ह्याविटेट फर हयुमिनिटी नेपाल र शम्भुनाथ नगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त आवास बिहीबार एक कार्यक्रमबीच ह्याविटेट फर हयुमिनिटी नेपालकी नेशनल डायरेक्टर कृष्टि स्टेफ्नीले आवासको साँचो दिएर घरधनीलाई हस्तान्तरण गरेकी हुन् ।
दुई कोठे घरमा भान्सासहित तथा छुट्टै शौचालयको व्यवस्था रहेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् ।

घरको चारैतिरको भित्तामा बाँसको भाटा कलात्मक ढंगबाट जडान गरि टिनको छानासहित निर्माण भएको उक्त आवासमा सहयोगि एवं साझेदारी संस्था ह्याविटेट फर हयुमिनिटीले २ लाख, शम्भुनाथ नगरपालिकाले १ लाख ६१ हजार ४ सय ७५ तथा घरधनीको श्रमदान र यूवाहरुको योगदानबाट ३२ हजार ८ सय ८५ रुँपैया गरि कुल ३ लाख ९४ हजार ३३ रुँपैया लागत लागेको जनाइएको छ ।

सोही वडाकी ५० वर्षिया लक्ष्मीदेवी सदायले वर्षा, हावाहुरी तथा अन्य विपद्बाट समेत जोगिन नवनिर्मित घरमा बस्न पाउँदा निकै खुशी र हर्षित भएको बताइन् । सोही बस्तिका धर्मदेव सदायले वर्षेणी बाढीका कारण घरबार छाडेर सुरक्षित स्थानमा भाग्नु पर्ने बाध्यता अब हटेको भन्दै दंग छन् ।
जमिनमा ढुंगा तथा सिमेन्टबाट घरको सतह उच्च बनाई बाढीको जोखिमबाट समेत सुरक्षा दिनेगरि चालु आ.ब.को साउन महिनादेखी निर्माण कार्य सुरु भई पुस मसान्तमा कार्य सम्पन्न भएको हो ।
शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कबिता सरदारको अध्यक्षतमा आयोजित आवास हस्तान्तरण कार्यक्रममा सिरहाको धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरी, शम्भुनाथ नगरपालिका वडा नं. २ का अध्यक्ष दुर्गानन्द भगत, संस्थाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
विगत १२ वर्षदेखी आवास क्षेत्रमा काम गर्दै आएको केन्द्रले हालसम्म अतिविपन्न तथा दैवी प्रकोपमा परेका पीडित परिवारका लागि सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा गरि कुल ४ हजार ४ सय १४ घर निर्माण गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ