News Category 2077/12/09
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर टि ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको तेश्रो संस्करण आइतबारदेखी राजविराजमा सुरु भएको छ ।
राजविराजस्थित राजरंगशालाको खेल मैदानमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ, उपप्रमुख साधना झाले बलिङ तथा प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले बिकेट किपिङ गरेर उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले बोदेबरसाईन थन्डर्सलाई १३ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको अवसर पाएको रुपनी राइडर्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाई १ सय ४७ रनको योगफल तयार पारेको थियो ।
रुपनी राइडर्सका लागि राष्ट्रिय खेलाडी सुनिल धमलाले सर्वाधिक ५४ रन बनाएका थिए । यस्तै निरज मुखियाले १९, अनिल यादव (अविजित) १७ रनको योगदान दिए ।
बलिङतर्फ बोदेबरसाईन थन्डर्सका बिशाल सुसलिङले ३ तथा बसन्त रेग्मी, नारायण जोशी र पप्पु यादवले १/१ विकेट लिएका थिए ।
१ सय ४८ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको बोदेबरसाईन थन्डर्स २० ओवरमा १ सय ३४ रन मात्र जोड्न सफल भए । बोदेबरसाइन थन्डर्सका लागि नारायण जोशीले सर्वाधिक ३३, सिद्धान्त लोहनी २४ तथा योगेन्द्र सिंह र विकाशले समान १७/१७ रनको योगदान दिए ।
बलिङतर्फ रुपनी राइडर्सका सुजित झाले सर्वाधिक ४ तथा अनिल यादव २ र फिरदोस अंसारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज यादवले १/१ विकेट लिएका थिए ।
उक्त खेलको म्यान अफ द म्याच रुपनी राइडर्सका सुनिल धमला घोषित भए । रुपनी राइडर्स, बोदेबरसाइन थन्डर्स, तिलाठी कोइलाडी जाइन्टस्, टिभिएस किंग्स राजविराज तथा बजाज खडक वारियर्स गरि पाँच टिम सहभागि रहेको प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ३ लाखसहित ट्रफि र मेडल प्रदान गरिने छ ।
यस्तै दोश्रो हुने टिमलाई १ लाख ५० हजारसहित ट्रफि र मेडल प्रदान गरिने छ । चैत १४ गतेसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई पनि पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
राजविराज नगरपालिकाको सहयोगमा संचालित प्रतियोगिताको प्रत्येक खेलमा सर्वाधिक छक्का हान्ने खेलाडीलाई सिद्धार्थ गौतम बुद्ध यातायात सेवा केन्द्र प्रालि राजविराजले एक/एक हजार रुँपैया पुरस्कार दिने घोषणा गरेको छ भने प्रतियोगिताको उपबिजेता टिमलाई दिइने पुरस्कार राशी एक लाख ५० हजार रुँपैया यहाँस्थित न्यु श्री राज्य लक्ष्मी ज्वेलर्सका संचालक सत्रुघन कुमार ठाकुरले दिने उद्घाटन समारोहमा घोषणा गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ