News Category 2077/12/10
सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समुह लगायत सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीमा सोमबार जनयुद्धका क्रममा सहिद भएका बेद प्रसाद भट्टराई (बादल) को शालिक अनावरण गर्दै पुर्वमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
उनले जसपा लगायतका मधेश केन्द्रीत दलहरुले उठाएका मागहरुलाई सकारात्मक रुपमा लिएर अघि बढ्न आफ्नो पार्टी तयार रहेको जिकिर गरे । माओवादी, काँग्रेस र जसपा तीनै दल मिलेर सरकार बनाउनु अहिलेको आवश्यकता रहेकाले भन्दै उनले काँग्रेस र जसपा पनि त्यसका लागि तयार हुनुपर्नेमा जोड दिए ।
सहिदहरुको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुलाई समाप्त पार्ने षडयन्त्रप्रति पार्टी सचेत रहेको बताउँदै पुर्वमन्त्री पोखरेलले सहिदहरुलाई सम्झिने र सहिद परिवारलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री विश्वनाथ साहले मुलुकमा प्राप्त भएका उपलब्धीहरुलाई समाप्त पार्न देशी विदेशी शक्तिहरुबाट ठुलो चलखेल भईरहेको आरोप लगाए ।
नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा आयोजित शालिक अनावरण कार्यक्रममा प्रदेशसभा सदस्य रुवी कर्ण, सुरुङ्गा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, नेकपा माओवादी केन्द्रका नेता असर्फी सदा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्वसभापति प्रकाश खतिवडा लगायतले बोलेका थिए ।
सो अवसरमा जनयुद्धका क्रममा सहिद भएका र बेपता परिवारलाई दोसल्ला ओढाएर पुर्वमन्त्री पोखरेलले सम्मान समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ