News Category 2077/12/11
शनिदेव मन्दिरमा नवौं पटक चोरी

दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
राजविराज ७ स्थित शनिदेव मन्दिरमा मंगलबार राती चोरी भएको छ । योसँगै यस मन्दिरमा नवौं पटक चोरी भएको हो ।
मंगलबार राती चोरले मन्दिरको ढोका फोडेर दान पेटिकामा रहेको करिब ९ हजार रुँपैया चोरी गरेको मन्दिरका मूल पुजारी रामनाथ शर्माले जानकारी दिएका छन् । यसअघि पनि पटक पटक गरि उक्त मन्दिरमा ८ पटक चोरी हुँदा समेत चोर पक्राउ नपरेको उनले बताएका छन् ।
पूजापाठ सकाएर राती घर गएका मूल पूजारी शर्माले बुधबार बिहान आउँदा मन्दिरको ताला र दान पेटिका फुटाएर चोरी भएको थाहा पाएका थिए ।
पछिल्लो पटक सात महिना अघि पनि मन्दिरको ताला फुटाएर चाँदीको मुकुट, सिक्रि लगायतका गरगहाना र दान पेटिका समेत चोरले लिएर गएका थिए । मन्दिरको छेउमै रहेको पसलको सिसि क्यामरामार्फत चोरको पहिचान भएपनि हालसम्म पक्राउ नपरेकोले चोरको मनोबल बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम झाको भनाई छ ।
हाल सिसि क्यामरा समेत बिग्रेको अवस्थामा चोरले दान पेटिकाको रकम लिएर गएकाले पत्ता लगाउन झनै कठिन भएको छ । चयता ोरी घटना बारे खबर पाएपछि पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ