News Category 2077/12/13
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति सप्तरीको शुक्रबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको हाताभित्र रहेको भवनमा आयोगको कार्यालय उद्घाटन गरिएको हो ।
समन्वय समितिका सभापति प्रभाकर यादव र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले संयुक्त रुपमा रिबन काटेर सो कार्यालयको उद्घाटन गरे ।
आयोगका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समनवय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यालय उद्घाटन पश्चात् आयोगका नवनियुक्त अध्यक्ष चौधरीले सत्यतथ्य प्रमाणको आधारमा भूमिहीनलाई जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लामा ३० हजार बढी दलित, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासोवासी रहेको जानकारी दिएका छन् ।
ती अव्यवस्थित वासोवासीहरुलाई व्यवस्थित रुपले भूमि दिनका लागि जिल्लाको १३ वटा पालिकासँग सम्झौता गरिसकेको बताउँदै बाँकी रहेका शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजगढ गाउँपालिका र विष्णुपुर गाउँपालिकासँग एक हप्ताभित्रै सम्भौता गरिसक्ने बताए ।
स्थानिय पालिका तथा सो पालिका अन्तरगतका वडाहरुमा सहजिकरण समिति समेत गठन भइसेकेको र ती समितिले १५ दिने वा ७ दिने सूचना प्रकाशित गर्नुपर्ने, सार्वजनिक सुनुवाई गर्नुपर्ने, दलित, भूमिहीन, अव्यवस्थित बसोवासीहरुको अनुमोदन गरि जिल्ला समितिमा पठाउनु पर्ने प्रावधान रहेको छ ।
अध्यक्ष चौधरीका अनुसार समितीमा आएका सिफारिसहरुलाई पालिकामा रहेको सहजिकरण समितिले समेत अनुमोदन गरेर जिल्ला समितिमा पठाएपछि त्यहा रहेका सात सदस्यीय समितिले अन्तिम पटक अनुमोदन गरेर जग्गाका लागि सिफारिस तथा सोको प्रक्रिया अगाडी बढाइने जनाए ।
ती सात सदस्यीय समितिमा आयोगका अध्यक्ष, भूमि विज्ञ, महिला सदस्य, जिल्ला डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला मालपोत कार्यालयका प्रमुख तथा जिल्ला नापी विभागका प्रमुख छन् ।
सरकारले गत माघ १५ गते एकै पटक ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या आयोग गठन गरेको थियो । जस अन्तरगत सप्तरीमा देवनारायण चौधरीको अध्यक्षतामा जयप्रकाश ठाकुर विज्ञ सदस्य तथा महिला सदस्यमा जित कुमारी पौडेललाई नियुक्त गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ