News Category 2077/12/15
आप्रवासी कामदारहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
राजविराज/आप्रवासी कामदारहरुको दुई दिने क्षमता अभिबृद्धि तालिम शनिबार राजविराजमा सम्पन्न भएको छ ।
आप्रवासी कामदार र तीनका परिवारलाई आफ्नो हकअधिकार सुनिश्चितताका लागि संगठन बिस्तार गरी जिल्लाको १८ वटै पालिकामा संगठन बिस्तार गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षत तथा राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा आप्रवासी कामदार तथा तीनका परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत रामप्रमेश मण्डल र सप्तरी सामुदायिक विकास केन्द्र नेपालका परियोजना संयोजक राजेन्द्र यादवले सहजिकरण गरेका थिए ।
सोही तालिमका सहभागि मध्ये जितेन्द्र प्रसाद सिन्हाको अध्यक्षतामा ११ सदस्यीय आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरी गठन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा राधा नेपाल, सचिवमा दिलिप कुमार यादव, सहसचिवमा सृजना हमाल, कोषाध्यक्षमा दुर्गा भट्राई तथा सदस्यहरुमा राजकुमार यादव, दुर्गानन्द चौधरी, सोनियादेवी पासवान, शोभाकान्त साह, भगमिनदेवी मुखिया र ज्ञानेन्द्र कुमार मण्डल चयन भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ