News Category 2077/12/15
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
राजविराज/सप्तरीमा धार्मिक भ्रमणका आउने तय भएको पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने भएको छ ।
चैत १८ गते राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका छन् ।
सो बारे जानकारी गराउने उद्देश्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक डा. देवनारायणले नागरिक अभिनन्दनका लागि ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको बताएका छन् ।
आयोजित उक्त पत्रकार सम्मेलनमा अभियानका केन्द्रिय संयोजक किशोरी महतोले पूर्व यूवराज पारस जिल्लाको भारदहस्थित कंकालिनी मन्दिर, हनुमाननगरस्थित हनुमान मन्दिर लगायतका धार्मिक स्थलको दर्शनमा पहिले सहभागि भएपछि कंचनरुप नगरपालिकाको बरमझिया खेल मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा राम हनुमान आराधना मण्डलका अध्यक्ष रामेश्वर यादवले समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।
अभियानका रौतहट जिल्ला संयोजक शैलेन्द्र सिंहले उक्त अवसरमा विभिन्न स्थानका साधुसन्त लगायत गरि १० हजार भन्दा बढीको सहभागिता रहने दाबी गर्दै समारोहमा पूर्व युवराज्ञी हिमानी शाहसमेतको सहभागिता रहने सम्भावना रहेपनि यसबारे टुङ्गोचाही लागि नसकेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा आराधना मण्डल एवं अभियानका अगुवा छोटेलाल साह, राजु हमाल ठकुरी, हरिप्रसाद बडाल, सीताराम खत्वे, कैलीदेवी सरदारनी, बिनोद यादव, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ