News Category 2077/12/15
बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
अदालतबाट २० वर्ष कैद सजाय तोकिएपछि फरार भएका एक प्रतिवादीलाई सप्तरी प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्धामा फरार भएका सप्तरीको बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ वर्षिय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमै लुकिबसेको अवस्थामा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले शनिबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार २०५७ साल साउन ३ गते राती १२ बजेतिर सोही वडा निवासी दशरथ साह पिसाब फेर्न घर बाहिर निस्केको बेला पुरानो रिसिइबी साध्न खुकुरी तथा लाठी फट्टाले आक्रमण गरि हत्या गरेको आरोपमा साहमाथी कर्तव्य ज्यान तथा ज्यान मार्ने उधोग मुद्दा चलाइएको थियो । घटना लगत्तै उनी फरार भएका थिए ।
दशरथको हत्या भएको ठहर गर्दै दायर गरिएको मुद्धामा सप्तरी जिल्ला अदालतले २०६५ चैत ११ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । सोही मुद्धामा तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६७ साल चैत २२ गते तथा २०७२ साल माघ १ गते सर्वोच्च अदालत समेतले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै २० वर्ष कैद सजाय ठहर गरेको थियो ।
यता आइतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका साहलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ