News Category 2077/12/17
बम बिष्फोटको आरोपमा दुई जना हतियारसहित पक्राउ

दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सिरहाको लहानस्थ्ति मालपोत कार्यालयमा विष्फोट गराएको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।
लहान नगरपालिका वडा नं. ८ स्थित मालपोत कार्यालयमा गत चैत १ गते सो विष्फोट हुँदा ८ जना घाइते भएका थिए ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) का अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा गराइएको सो विष्फोटको आरोपमा सिरहाको सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका ३ का २६ वर्षीय अभिमन्यु गिरीलाई पक्राउ गरिएको हो ।
प्रहरीले पक्राउ परेका ष्स्रिामरिझन यादव र अभिमन्यू गिरीले उक्त घटना आफुले गरेको स्विकार गरेको जनाउँदै मालपोत कार्यालयले भू–माफियालाई सहयोग गरि रहेको र पटक–पटक चेतावनी दिदा पनि सुधार नआएकोले विस्फोट गराइएको प्रहरीको अनुसन्धानबाट खुलेको जनाएको छ ।
रामरिझनको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद तथा अभिमन्युको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद समेत भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका रामरिझन यसअघि दुई वटा बम विस्फोट अभियोगमा पक्राउ परी अदालतको आदेशबाट छुटिसकेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ