News Category 2077/12/19
पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
पूर्व यूवराज पारसलाई सप्तरीमा राजावादी तथा हिन्दुवादी धार्मिक संघ संगठनले स्वागत र अभिनन्दन गरेका छन् । अभिनन्दन सँगै पारसले जिल्लाको कंचनरुप नगरपालिका ३ स्थित प्रसिद्ध दुर्गा मन्दिरको दर्शन तथा पूजापाठ गरेका छन् ।
मन्दिरबाट पैदलै कार्यक्रम स्थल पुगेका पूर्व यूवराज पारसले नागरिकहरुको स्वागत तथा अभिनन्दन ग्रहण गरेका थिए ।
बुधबार दिउँसो आएका पूर्व यूवराज दुर्गा मन्दिरमा विशेष पूजा गरेपछि श्रीराम हनुमान आराधना मण्डल तथा २०४७ सालको संविधान पुर्नस्थापना हाम्रो अभियान नामक संस्थाद्वारा संयुक्त रुपमा बरमझिया खेल मैदानमा आयोजित स्वागत तथा अभिनन्दन समारोहमा सहभागि भएका थिए ।
उनको स्वागतका लागि अभियानका संयोजक किशोरी महतो, आराधना मण्डलका देवनारायण महतो, अभियानका रौतहट जिल्ला संयोजक शैलेन्द्र सिंह लगायत ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।
अभिनन्दनका अवसरमा जगतगुरु शंकराचार्य कृष्णदेव गिरी जी महाराजको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ