News Category 2077/12/25
नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
नेपाल पत्रकार महासंघको आज देशै भरि संघीय संरचना अनुसार तीनै तहमा निर्वाचन हुदैछ ।
पत्रकार महासंघको इतिहासमै एकै दिन आज संघ, प्रदेश र ७७ जिल्लाका शाखामा निर्वाचन हुन गइरहेको छ । १३ हजार बढी मतदाता रहेको यस निनर्वाचनमा मुख्यत नेपाल प्रेस युनियन र प्रेस संगठन तथा प्रेस चौतारी र प्रेस मञ्चको दुई वटा प्यानलले प्रतिष्पर्धा गर्ने भएको छ ।
कुल एक सय मतदाता रहेको नेपाल पत्रकार महासंघ सप्तरीमा पनि यसै दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । श्रवण कुमार देव नेतृत्वको नेपाल प्रेस युनियन र प्रेस संगठन तथा मनोहर पोखरेल नेतृत्वको प्रेस चौतारी र प्रेस मञ्चबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
श्रवण देव नेतृत्वको प्यानलबाट उपाध्यक्षमा विनयलाल कर्ण, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा सतिश दत्त, सहसचिवमा कृष्णदेव यादव, समावेशी सहसचिवमा गोपाल प्रसाद गुप्ता, कोषाध्यक्षमा नवीनकुमार गुप्ताले उम्मेदवारी दिएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा अरुण कुमार यादव, दिनानाथ यादव, रामनारायण यादव, बिन्दु कुमार यादव, आदिवासी जनजाती सदस्यमा महेन्द्र मण्डल बनवारी, मेधशी सदस्यमा परिष कुमार कर्ण, अन्य समावेशीमा महेश्वर भारतीको उम्मेदवारी परेको छ ।
यसैगरि राष्ट्रिय परिषद् सदस्यमा देवराम यादव र मनोकुमार माझी तथा प्रदेश परिषद् सदस्यमा अनिल पोखरेल, अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, निरज कुमार मण्डल, पवन कुमार मिश्र र शिवनारायण साह रहेका छन् ।
त्यस्तै मनोहर पोखरेलले नेतृत्वको प्यानलबाट उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा पार्वतीकुमारी सिंह, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दनकुमार यादव, समावेशी सहसचिवमा डम्बर राई, कोषाध्यक्षमा शुभचन्द्र झा तथा सुल्ला सदस्यहरुमा खगेन्द्र कार्की, गंगाप्रसाद साह, राजेन्द्र कुमार मिश्र र विद्यानन्द रामले प्रतिष्पर्धा गर्दै छन् ।
यसैगरि महिला सदस्यमा रश्मी झा, दलित सदस्यमा राजकुमार पासवान, आदिवासी जनजाती सदस्यमा कृष्णकुमार मण्डल, मधेशी सदस्यमा धर्मपाल राउतले उम्मेदवारी दिएका छन् ।
यस्तै राष्ट्रिय परिषद्मा ढमला भट्टराई, शुभनारायण यादव र सुखराम यादव तथा प्रदेश पार्षदमा आनन्द मोहन शर्मा, उत्तम आचार्य, देवेन्द्र मिश्र, दिनेश शर्मा, मधेशीतर्फ रामअधिन साह, महिलातर्फ बिन्दु भट्टराई र आदिवासी जनजातीमा बृजमान तामाङ रहेका छन् ।
यता स्वतन्त्र रुपमा महिला उपाध्यक्षमा रक्षा कुमारी चौधरी र खुल्ला सदस्यमा भोलारमण उप्रेतीले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत बैद्यनाथ झाले जानकारी दिए ।
यसैबीच महिला सदस्य रश्मी झा र दलित सदस्य राजकुमार पासवानमा निर्विरोध चयन भएको निर्वाचन अधिकृत झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ