News Category 2077/12/29
उच्च बार एशोसिएशनमा डिएलएको बर्चश्व

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
उच्च बार एशोसिएशन राजविराजको सम्पन्न निर्वाचनबाट डिएलएका अध्यक्ष भरत यादवसहित सम्पूर्ण प्यानल निर्वाचित भएका छन् ।
अध्यक्ष यादवले १ सय ६ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी पूण्य प्रसाद यादवले ५२ मत ल्याए भने अर्का अध्यक्ष पदका उम्मेदवार नवीन सिंहले ४० मत ल्याए ।
यस्तै उपाध्यक्षमा बाल कृष्ण ढुंगाना बिजयी भएका छन् । उनले ८६ मत ल्याए भने प्रतिद्वन्दी पार्वती कुमारी राउतले ७४ मत तथा कृष्ण कुमार केसीले ३९ मत प्राप्त गरे ।
यसैगरि सचिवमा मो. समिम अख्तर अलि निर्वाचित भए । उनले ७९ मत प्राप्त गरे भने प्रतिद्वन्दीद्वय मनोज देवले ६१ र धर्मेन्द्र प्रसाद यादवले ५३ मत प्राप्त गरे ।
यस्तै कोषाध्यक्षमा उपेन्द्र यादव बिजयी भएका छन् । उनले ९६ मत तथा उनका प्रतिद्वन्दी तेज नारायण चौधरीले ४९ र उमाशंकर देवले ४६ मत प्राप्त गरे ।
यस्तै सदस्य तथा केन्द्रिय पार्षदहरुमा समेत डिएलएकै अधिकांश उम्मेदवारहरु बिजयी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ