News Category 2077/12/29
माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीले दुई महिने लामो संगठन सुदृढिकरण तथा भ्रष्टाचार बिरुद्ध अभियान सुरु गर्ने भएको छ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच भएको एकता र सर्वोच्च अदालतबाट भएको पछिल्लो पटक आएको फैसलाले अलग भएपश्चात् नेकपा माओवादी केन्द्र सप्तरीको अध्यक्ष अशोक कुमार मण्डलको अध्यक्षतामा बसेको प्रथम बैठकले सो अभियान चलाउने निर्णय गरेको हो ।
उक्त अभियानको सुरुवात आगामी बैशाख ३ गतेदेखी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट गरिने अध्यक्ष मण्डललदे जानकारी दिएका छन् ।
बैठकपछि आइतबार सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउन तथा जिल्लास्थित विभिन्न कार्यालयमा मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न बैशाख ३ देखी दुई महिने संगठन सुदृढिकरण, जनसम्बन्ध बिस्तार तथा भ्रष्टाचार बिरोधी अभियान चलाउने निर्णय गरिएको जानकारी दिए ।
अभियान प्रभावकारी ढंगले संचालन गर्न जिल्लाका १८ वटै स्थानिय तहमा प्रतिनिधि तोकेर जिम्मेवारी बाँडफाँड गरिसकेको उनको भनाई छ ।
अभियान अन्तरगत जनवर्गिय संगठनहरुको भेला, सम्मेलन र प्रशिक्षण, सहिद, वेपत्ता तथा विभिन्न आन्दोलनका क्रममा घाइते भएका परिवारको घर घरमा सम्पर्क, स्थानिय निकाय र जिल्लास्थित विभिन्न कार्यालयमा भइरहेको अनियमितता र ढिलासुस्ती लगायतका विषयमा चैत ३० गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम समेटिएको सो पार्टीले जनाएको छ ।
बैठकमा पार्टीका प्रदेश कमिटि सदस्य महेश यादव, अनिल, बिमल लगायत स्थानिय अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ