News Category 2077/12/29
माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीले दुई महिने लामो संगठन सुदृढिकरण तथा भ्रष्टाचार बिरुद्ध अभियान सुरु गर्ने भएको छ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच भएको एकता र सर्वोच्च अदालतबाट भएको पछिल्लो पटक आएको फैसलाले अलग भएपश्चात् नेकपा माओवादी केन्द्र सप्तरीको अध्यक्ष अशोक कुमार मण्डलको अध्यक्षतामा बसेको प्रथम बैठकले सो अभियान चलाउने निर्णय गरेको हो ।
उक्त अभियानको सुरुवात आगामी बैशाख ३ गतेदेखी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट गरिने अध्यक्ष मण्डललदे जानकारी दिएका छन् ।
बैठकपछि आइतबार सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउन तथा जिल्लास्थित विभिन्न कार्यालयमा मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न बैशाख ३ देखी दुई महिने संगठन सुदृढिकरण, जनसम्बन्ध बिस्तार तथा भ्रष्टाचार बिरोधी अभियान चलाउने निर्णय गरिएको जानकारी दिए ।
अभियान प्रभावकारी ढंगले संचालन गर्न जिल्लाका १८ वटै स्थानिय तहमा प्रतिनिधि तोकेर जिम्मेवारी बाँडफाँड गरिसकेको उनको भनाई छ ।
अभियान अन्तरगत जनवर्गिय संगठनहरुको भेला, सम्मेलन र प्रशिक्षण, सहिद, वेपत्ता तथा विभिन्न आन्दोलनका क्रममा घाइते भएका परिवारको घर घरमा सम्पर्क, स्थानिय निकाय र जिल्लास्थित विभिन्न कार्यालयमा भइरहेको अनियमितता र ढिलासुस्ती लगायतका विषयमा चैत ३० गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम समेटिएको सो पार्टीले जनाएको छ ।
बैठकमा पार्टीका प्रदेश कमिटि सदस्य महेश यादव, अनिल, बिमल लगायत स्थानिय अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ