News Category 2077/12/30
किसानलाई उत्पादनमूखी अनुदान दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह

दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
प्रदेश २ का भुमि ब्यबस्था कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले किसानलाई उत्पादनमूखी अनुदान दिने प्रक्रिया सुरू भईसकेको बताएका छन ।
नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्य समितिको १० औ जिल्ला अधिवेशनको सोमबार राजविराजमा उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् ।
प्रत्येक जिल्लाबाट किसानहरूको सुचिकृत गरी परिचयपत्र बितरणपछि बर्गिकरण अनुसार अनुदान दिने योजना रहेको उल्लेख गर्दै प्रदेश २ का जनता ८० प्रतिशत कृषिमा अत्मनिर्भर रहेकोले कृषिमा लगानी सँगै किसानको ब्यवसायलाई सुरक्षित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
मंन्त्री साहले प्रदेश २ का ८ वटै जिल्लामा किसानलाई सहुलितका लागि पशुजनलाई सुरक्षित राख्न पशु एम्बुलेन्स उपलब्ध गराउने समेत बताए । एक वडा एक प्राबिधिक राख्ने योजना रहेकोले पशुजनको सुरक्षा र किसानको समस्यालाई समाधान गर्न किसानको लगानीको ग्यारेन्टी गर्ने जिम्मा राज्यको रहेको उनको भनाई छ ।
यस पटकको बजेटमा कृषिमा सबै भन्दा बढी बजेट छुट्याउने योजना रहेकोले किसानको समृद्वि बिना प्रदेशको समृद्वि हुन नसक्ने भन्दै मन्त्री साहले प्रदेश २ को समृद्वि बिना मुलुकको समृद्वि हुन नसक्ने जिकिर समेत गरे ।
सो अवसरमा नेभ्लाका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले किसान सुरक्षित भए कृषि पेशा सुरक्षित हुने भएकाले किसानको समस्यालाई पहिलो प्राथमिकतामा राखेर पशुधन सुरक्षित गर्नुपर्नेमा जोड दिए ।
किसानलाई सहुलियत दरमा ऋण उपलब्ध, कृषि, पशुको बिमा, एक गाउँ एक प्राबिधिक, सरकारी अनुदान तथा सरकारी संयन्त्रण किसानको पहुँच बढाई किसानको पेशालाई सुरक्षित बनाउनु अति आबश्यक रहेको उनको भनाई छ ।
किसानको सेवा, पशु धनको सुरक्षितको लागि दरबन्दी कायम गर्नुको साथै निजि क्षेत्रका लागी प्रयोगशाला, पशु बिमा अभिकर्ताको तालिमका कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड समेत दिए ।
यसैगरी नेपाल पाराभेटेरिनरी एण्ड लाईफस्टक एशोसिएशन प्रदेश २ का संयोजक प्रमेश्वर यादबले पशुजन उत्पादन, पशुको बिकास र पशुको स्वास्थमा पहँुच बढाउनु पर्नेमा जोड दिए । उनले कृषकलाई सेवा पुर्याउने लक्ष्य लिएको नेभ्ला संस्थाले पशुपालन, कृषकलाई राज्यबाट सुविधा, बृद्वि बिकासका लागि एक गाउँ एक प्राबिधिक राख्न महत्वपुर्ण कार्य गर्दै आएको बताए ।
बद्री नारायण मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष रामप्रसाद मेहता, प्रदेश १ नेभ्लाका संयोजक योगेन्द्र यादब, निजामति कर्मचारी संघ जिल्ला अध्यक्ष रामनारायण महतो, राजबिराज भेटेरिनरी बिज्ञ केन्द्रका डा. प्रभाष झा, निजामति अधिकारिक ट्रेड युनियन जिल्ला अध्यक्ष अजय झा, नेभ्लाका केन्द्रिय सदस्य सत्य नारायण चौधरी लगायतले पशुजन उत्पादन बढाउनका लागि किसानलाई अनुदान नभई जिरो प्रतिशत ब्याजमा ऋण उपलब्ध गराई पशुजन उत्पादन र बिकास गर्नुपर्नेमा जोड दिए ।
नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्य समिति १० औ जिल्ला अधिवेशनबाट सोमबारै नयाँ कार्यसमिति चयन गरिने प्रदेश २ का संयोजक प्रमेश्वर यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ