News Category 2077/12/31
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
दैनिक समाचारदाता
राजबिराज, ३१ चैत ।
सप्तरी जिल्लामा मंगलबार दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एक साताअघि कोरोना संक्रमण दर शुन्यमा झरेको जिल्लामा एकै दिन चार जनाको स्वाव परिक्षण पश्चात् दुई जना संक्रमित भएपछि स्थानिय त्रसित भएका छन् ।
राजविराज नगरपालिका २ का ५८ वर्षिय पुरुष तथा रुपनी गाउँपालिका ५ की ३६ वर्षिया महिलामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मीका आफन्त तथा अर्का सरकारी कर्मचरी हुन् । दुबै जनालाई अहिले होम आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालामा चार जनाको परिक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
पछिल्लो पटक पिसिआर परिक्षण गरिएका चारै जना स्वेक्षाले जचाउन आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. रन्जित झाले बताए ।
दुई जनामा कोरोना संक्रमण पुष्टि हुनु चिन्ताको विषय भएको भन्दै स्वास्थ्य कार्यालयका प्रमुख यादवले अब कसैले पनि लापरवाही गर्नु नहुने तथा संक्रमण फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने आग्रह गरे ।
सप्तरीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ