News Category 2078/01/01
नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला प्रशासनको निर्देशनपछि स्थगित
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
नयाँ वर्षको अवसरमा सप्तरीमा लाग्ने दुई ऐतिहासिक मेला कोरोना माहामारीलाई ध्यानमा राख्दै प्रशासनको निर्देशनपछि स्थगित भएको छ ।
जिल्लाको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला गत वर्ष पनि कोरोना माहामारीका कारण स्थागित भएको थियो ।
कोरोनाको जोखिम कायमै रहेको भन्दै स्थानिय प्रशासनले मेला लगाउने अनुमति नदिएपछि बैशाख १ गतेदेखी सुरु हुने भनिएको दुबै मेला स्थागित गरिएको हो ।
नव वर्षको अवसर पारेर प्रत्येक वर्ष जिल्लाको शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर प्राङ्गणमा एक महिने लामो मेला लाग्दै आएको थियो । यस्तै जिल्लाकै बोदेबरसाइन नगरपालिकास्थित लक्ष्मीनारायण मन्दिर (नाककट्टाधाम) प्राङ्गणमा पनि सोही दिनदेखी २० देखी ३० दिनसम्म ठूलो मेला लाग्दै आएको थियो ।
शम्भुनाथ मन्दिरका मूल पुजारी सूर्यनारायण झाले कोरोनाको जोखिमका कारण गत वर्ष पनि रोकिएको मेला यस पल्ट पनि स्थानिय प्रशासनको निर्देशनमा रोकिएको बताएका छन् ।
अघिल्लो दिन नै सुरक्षाकर्मीहरु आएर मन्दिरमा पूजापाठ बाहेक अन्य भिडभाड हुने खालका कुनै पनि गतिविधी संचालन नगर्न कडा निर्देशन दिएपछि मेलाको आयोजना नगर्ने निर्णयमा मेला समिति पुगेको उनको भनाई छ ।
यस्तै बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले कोरोना माहामारीका कारण मन्दिर परिसरमा भिडभाड नगर्न तथा मेलाको आयोजना नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि यसपल्ट पनि पूजापाठ बाहेकका सबै आयोजना रोकिएको बताए ।
कोभिड १९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्देशन जारि गरिएको तथा भिडभाड नगरि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सबैलाई भौतिक दुरी कायम गरि चाडपर्व मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ