News Category 2078/01/02
चैती छठको तयारी सुरु, आज नुहाई खाई
दैनिक समाचारदाता
राजविराज, २ बैशाख ।
हरेक वर्ष चैत महिनामा मनाइने चैती छठ गत वर्ष मलेमास परेकाले सोही वर्षको सरेर यस वर्ष बैशाख ५ गते मनाइदैछ ।
नयाँ वर्षको सुरुवात सँगै कोरोनाको त्रास बढे पनि ब्रतालुहरु चैती छठ पर्वको तयारीमा जुटेका छन् । परिवारिक सुख:, शान्ति, कल्याण, रोगबाट मुक्ती तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ श्रद्धापुर्वक मनाईने चैती छठ पर्व यस पल्ट शुक्रवार नुहाई खाई धार्मिक विधीबाट शुरु हुदैछ ।
जलाशय सफा गर्ने, सजाउने र छठ पर्वमा प्रयोग हुने, पुजा समाग्री खरिद गर्ने क्रम शूरु भई सकेको छ । जसकारण बजारमा चहल पहल बढेको छ ।
राजविराजको भगवती, कल्टु, तृुरन्ती र पुरनी पोखरी स्थित पुजा घाटमा चैती छठमा व्रर्तालु र दर्शनार्थी पुग्ने गरेका छन् । तर कार्तिक महिनामा मनाईने छठ पर्वमा जस्तो चैती छठ पर्वमा भने वर्तालु र दर्शनार्थीको उपस्थिती कम हुने गरेको भगवती मन्दिरका मूलपुजारी दुर्गानन्द मिश्रको भनाई छ ।
वर्षमा दुई पटक कार्तिक र चैत महिनामा मनाइने छठ पर्व यो वर्ष तीन पटक परेको छ । तर यस पटक साईत र तिथी सरेकाले चैत महिनामा मनाउने गरिएको चैती छठ पर्व बैशाखमा सर्न गएको पण्डित रुपकान्त मिश्रको भनाई छ । कार्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ ।
शुक्रवार नुहाई खाई विधीबाट शूरु हुने पर्व अन्तर्गत शनिवार खरना तथा आईतवार अस्ताउदो र सोमवार विहान उदाउदो सुर्यलाई अर्घ दिएर यो पर्व विधीवत सम्पन्न हुनेछ ।
कोरोना संक्रमणको बढ्दै गएको असरका बीच स्थानीय प्रशासनले सार्वजनिक स्थानमा भिडभाड नगरी घरमै चाड पर्व मानाउन आग्रह गरेको छ । गत वर्ष पनि कोरोनाको जोखीमलाई ध्यानमा राखी स्थानिय प्रशासनले घरमै बैकल्पिक उपाय गरि चैती छठ मनाउन आग्रह गरेको थियो । प्रशासनको आग्रह मान्दै केहीले घरकै छतमा अस्थायी पोखरी निर्माण गरि विधीपूवर्क छठ पर्व मनाएका थिए भने अधिकांशले प्रशासनको आग्रहको बेवास्था गर्दै जलाशय किनारमै पुगि चैती छठ पर्व मनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ