News Category 2078/01/03
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि बढीरहेका छन् : डा. कोइराला

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी तरिकाले अघि बढीरहेको आरोप लगाएका छन् ।
राजविराजमा शुक्रबार राजविराज आँखा एण्ड जनरल हस्पिटल प्रालीको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।
नेता कोइरालाले प्रधानमन्त्रीलाई नहटाएसम्म समस्याको समाधान ननिस्कने दाबी गर्दै यस्तो बेलामा नेपाली काँग्रेस र जनता समाजवादी जस्ता प्रतिपक्षी पार्टीले पनि ठोस भूमिका निर्वाहा गर्न नसकिरहेको बताए ।
संसदलाई अनिर्णयको बन्दी बनाएर लामो समयसम्म राख्न नमिल्ने भन्दै उनले संसद भूमिकाबिहीन भइरहेको तथा राजनीतिक अन्यौलता बढीरहेको अवस्थामा केही उपाय नचले निर्वाचनमै जानु उचित हुने उनको भनाई छ । आगामी मंसिरदेखी चैतसम्म भएपनि निर्वाचनमा जानु उपयुक्त हुने नेता कोइरालाको कथन थियो ।
लामो समयदेखी रिक्त रहेको उपसभामुख पदको निर्वाचन समेत नगरेर संसदलाई कमजोर बनाइएको उनको भनाई छ । नेता कोइरालाले काँग्रेस आफै अलमलमा रहेको र जनता समाजवादी पार्टी आफै दुई कित्तामा उभिन पुगेकोले देश अलमलमा परेको उल्लेख गरे ।
अस्पतालका अध्यक्ष सन्तोषकुमार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा सल्लाहकार शिवनारायण चौधरी, काँग्रेस सप्तरीका सभापति दिनेश यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, वडा नं. ५ अध्यक्ष समिर झाले पनि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ