News Category 2078/01/05
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
दैनिक समाचारदाता
राजबिराज, ५ बैशाख ।
कोरोनाको त्रासका बीच आइतबार जलाशय किनारमा भिडभाड नगरि तथा घरको छतमा ब्रतालुहरुले चैती छठ पर्वमा मनाउँदै छन् ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूवर्क मनाइने चैती छठ पर्व अन्तरगत आइतबार सझियाघाट (अस्ताउँदो सूर्यको पूजा) गरि ब्रतालु र श्रद्धालु पर्वमा सहभागि भएका हुन् ।
सझियाघाटको पूजामा ब्रतालुहरु तयार गरिएको पूजा सामाग्रि परिवारका सबै सदस्यसहित नदी, तलाउ, पोखरी र घरको छत लगायतका स्थानमा पूजा गरेका छन् । सदरमुकाम राजविराजको कल्टु, तुरन्ती, पूर्णिलगायतका जलाशय किनारमा पूजाघाटमा चैती छठ मनाउन ब्रतालु र दर्शनार्थी पुगेका छन् ।
यता कतिपय ब्रतालुले कोरोनाको जोखिमलाई ध्यानमा राखी घरकै छतमा अस्थायी पोखरीको निर्माण गरि छठ पर्वमा सहभागि भएको पाइएको छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत सम्पन्न हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ