News Category 2078/01/10
एक कर्मचारी संक्रमित भएसँगै सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीको एक स्थानिय तहका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै जिल्लामा एक महिना यता कोरोना संक्रमितको संख्या सात पुगेको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार प्राप्त रिर्पोटले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाका एक २६ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी केही दिन अघि मात्र काम विषेशले भारत गई फर्केका थिए ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उनी घरमै आइशोलेशनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
यसअघि जिल्लाको रुपनी गाउँपालिकाकी एक महिला कर्मचारी पनि संक्रमित भएकी छिन् । उनी पनि होम आइशोलेशनमा छिन् । स्वास्थ्य मापदण्डको पालना गर्दै सबै संक्रमित अहिले होम आईशोलेशनमै बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
यता सेवाग्राहिको चाप रहने सरकारी तथा स्थानीय तहका कर्मचारीमा संक्रमण देखिन थालेपछि सेवाग्राही र कर्मचारी दुबैमा त्रास बढेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ