News Category 2078/01/10
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
नेपालकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपिठमा कोरोना माहामारीलाई मध्यनजर गर्दै दर्शनार्थीलाई मन्दिर परिसरमा आउँदा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
शक्तिपिठका पिठाधिश महाकान्त ठाकुरले महामारीलाई ध्यानमा राख्दै मन्दिर दर्शन तथा पूजापाठ गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई दुई मिटरको सामाजिक दुरी समेत कायम गरी स्वास्थ्य सम्बन्धी नियम पालना गर्न अपील गरेका छन् ।
अहिले कोरोना संक्रमितहरु बढ्दै गईरहेको र देशका अन्य मठ मन्दिरहरुमा बाहिरी भक्तजनलाई निषेधित गरिएकाले छिन्नमस्ता मन्दिरमा आउने भक्तजनलाई स्वास्थ्य मापदण्ड अनुसार पुजा गराउन मन्दिर समितिले अग्रसरता देखाएको उनको भनाई छ ।
तत्कालै मन्दिर समितिद्वारा मुख्यद्वारमै दर्शनार्थीहरुलाई साबुन पानीले हाथ धुने र सेनिटाइजर तथा माक्स बितरण गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिदै माक्स नलगाउनेलाई मन्दिर प्रवेशमा निषेध गरिने समेत बताए ।
हाललाई समितिले माक्स, सेनिटाइजर र साबुन बितरण गर्ने सुरुवात गरेको बताउँदै पछि दाताहरूले दान दिए निरन्तर बितरण गर्ने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ