News Category 2078/01/10
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य
_59c.jpg)
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
नेपालकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपिठमा कोरोना माहामारीलाई मध्यनजर गर्दै दर्शनार्थीलाई मन्दिर परिसरमा आउँदा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
शक्तिपिठका पिठाधिश महाकान्त ठाकुरले महामारीलाई ध्यानमा राख्दै मन्दिर दर्शन तथा पूजापाठ गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई दुई मिटरको सामाजिक दुरी समेत कायम गरी स्वास्थ्य सम्बन्धी नियम पालना गर्न अपील गरेका छन् ।
अहिले कोरोना संक्रमितहरु बढ्दै गईरहेको र देशका अन्य मठ मन्दिरहरुमा बाहिरी भक्तजनलाई निषेधित गरिएकाले छिन्नमस्ता मन्दिरमा आउने भक्तजनलाई स्वास्थ्य मापदण्ड अनुसार पुजा गराउन मन्दिर समितिले अग्रसरता देखाएको उनको भनाई छ ।
तत्कालै मन्दिर समितिद्वारा मुख्यद्वारमै दर्शनार्थीहरुलाई साबुन पानीले हाथ धुने र सेनिटाइजर तथा माक्स बितरण गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिदै माक्स नलगाउनेलाई मन्दिर प्रवेशमा निषेध गरिने समेत बताए ।
हाललाई समितिले माक्स, सेनिटाइजर र साबुन बितरण गर्ने सुरुवात गरेको बताउँदै पछि दाताहरूले दान दिए निरन्तर बितरण गर्ने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ