News Category 2078/01/10
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
कोरोना माहामारीलाई ध्यानमा राख्दै तथा दाईजो प्रथालाई चुनौती दिदै सप्तरीमा शुक्रवार १७ मिनेट मै एक जोडीको आर्दश अन्तरजातीय विवाह सम्पन्न भएको छ ।
राजविराज ७ स्थित पुर्ण ब्रह्मा कविर उपासक समाज सप्तरीको संयोजनमा जिल्लाको बोदेबर्साईन नगरपालिका ९ देउरी वस्ने २४ वर्षिय हरिनारायण साह र सिरहा नगरपालिका १९ सनहैठा वस्ने २१ वर्षिया अम्बिका कुमारी यादवबीच दाईजोको लेनदेन बिना आर्दश विवाह सम्पन्न भएको हो ।
बेहुला बेहुली दुबै पक्षका गरी ५४ जनाको सहभागितामा आयोजित वैवाहिक समाहरोमा विवाहको विधी स्वरुप रमैनि पाठ गरिएको थियो । १७ मिनेटमै पाठ र बेहला बेहुलीको हातमा रक्षाको धागो बाँध्ने काम सम्पन्न भएपछि विवाहको कार्यक्रम पनि पुरा भएको संस्थाका संयोजक विवेकानन्द सिहले जानकारी दिए ।
विवाह अवधिभर भारतका चर्चित सन्त रामपालजी महराजको टेलिभिजन मार्फत कथा वाचन र प्रवचन प्रसारण गरिएको थियो ।
स्थानीय सतलोक आश्रममा आयोजित वैवाहिक कार्यक्रममा सहभागीहरुलाई संस्थाकै तर्फबाट चिया विस्कुट खुवाए विदाई गरिएको संयोजक सिहले बताए उनले विवाहमा दाईजाको लेनदेन गर्ने चलनलाई निरुत्साहित गर्न र उदाहरणिय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले अग्रसरता देखाएको भन्दै भविष्यमा पनि यस्ता विवाहलाई अझै प्राथमिकताका साथ अघि बढाउने उनले प्रतिबद्धता समेत जनाए ।
यता बेहुला बेहुलीका साथै विवाहका सहभागी सबैले मास्क लगाई कार्यक्रममा सहभागिता जनाएका थिए । विवाहलाई सुरक्षित गराउन उनीहरुको विवाह दर्ता समेत गराई सकिएको संयोजक सिहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ