News Category 2078/01/12
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष र सदस्यहरुबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
सो वडाका निर्वाचित चार सदस्यले वडा अध्यक्ष मनोज कुमार यादवले सरकारी ऐन, नियम र कानुनलाई पाखा लगाउँदै मनपरी ढंगले काम गरिरहेको आरोप लगाएका छन् ।
आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि वडा सदस्य अताहुसैन मियाँ, शैलेशकुमार यादव, सकुन्तीदेवी मुखिया र गितादेवी मण्डलले संयुक्त रुपमा वडा अध्यक्षले मनोमानी ढंगले गोप्य रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा वडा सदस्य शैलेशकुमार यादवले वडा अध्यक्ष यादव आफूसहित सबै निर्वाचित वडा सदस्यलाई कुनै किसिमको सूचना नदिई गोप्य रुपमा आफूखुशी काम गरिरहेको आरोप लगाए । उनले वडा कार्यालयको गतिविधी र सूचना अध्यक्षले लुकाउन थालेपछि जिल्ला प्रशासन कार्यालयदेखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म निवेदन दिएको बताए ।
पत्रकार सम्मेलनमा अर्का वडा सदस्य गितादेवी मण्डलले बजेट निर्माणका बेला पनि वडा अध्यक्ष यादवले मनपरी ढंगले विभिन्न शिर्षकमा बजेट छुट्याउनुका साथै विकास निर्माणको काममा समेत आवश्यक प्रक्रिया पुरा नगरि गोप्य ढंगले उपभोक्त समितिको गठन गरि आसेपासेलाई काम दिएको दाबी गरिन् ।
त्यस्तै अर्का वडा सदस्य सुकुन्तीदेवी मुखियाले वडा कार्यालयबाट भ्रष्टाचार भइरहेको दाबी गर्दै त्यस्ता कार्यको उच्चस्तरिय टोलीबाट छानबिन हुनु पर्ने माग गरिन् । अर्का सदस्य अताहुसैन मियाँले ऐन कानुन मिचेर अघि बढेका वडा अध्यक्षमाथी कारवाही नगरिए चाडै आन्दोलनमा जाने तयारी भइरहेको जानकारी पनि दिए ।
यता वडा अध्यक्ष यादवले वडा सदस्यहरुद्वारा पत्रकार सम्मेलन गरि लगाइएको आरोप निराधार रहेको दाबी गर्दै आफूबाट हालसम्म भएका कामकाज सबै पारदर्शी र कानुनी व्यवस्था भित्रै रहेर गरिएको ठोकुवा गरे ।
उनले विपक्षि समूहले वडा सदस्यहरुलाई उक्साएर आफूलाई काम गर्न नदिन तथा बदनाम गर्न यस्तो झुठा आरोप लगाएको दाबी समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ