News Category 2078/01/12
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष र सदस्यहरुबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
सो वडाका निर्वाचित चार सदस्यले वडा अध्यक्ष मनोज कुमार यादवले सरकारी ऐन, नियम र कानुनलाई पाखा लगाउँदै मनपरी ढंगले काम गरिरहेको आरोप लगाएका छन् ।
आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि वडा सदस्य अताहुसैन मियाँ, शैलेशकुमार यादव, सकुन्तीदेवी मुखिया र गितादेवी मण्डलले संयुक्त रुपमा वडा अध्यक्षले मनोमानी ढंगले गोप्य रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा वडा सदस्य शैलेशकुमार यादवले वडा अध्यक्ष यादव आफूसहित सबै निर्वाचित वडा सदस्यलाई कुनै किसिमको सूचना नदिई गोप्य रुपमा आफूखुशी काम गरिरहेको आरोप लगाए । उनले वडा कार्यालयको गतिविधी र सूचना अध्यक्षले लुकाउन थालेपछि जिल्ला प्रशासन कार्यालयदेखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म निवेदन दिएको बताए ।
पत्रकार सम्मेलनमा अर्का वडा सदस्य गितादेवी मण्डलले बजेट निर्माणका बेला पनि वडा अध्यक्ष यादवले मनपरी ढंगले विभिन्न शिर्षकमा बजेट छुट्याउनुका साथै विकास निर्माणको काममा समेत आवश्यक प्रक्रिया पुरा नगरि गोप्य ढंगले उपभोक्त समितिको गठन गरि आसेपासेलाई काम दिएको दाबी गरिन् ।
त्यस्तै अर्का वडा सदस्य सुकुन्तीदेवी मुखियाले वडा कार्यालयबाट भ्रष्टाचार भइरहेको दाबी गर्दै त्यस्ता कार्यको उच्चस्तरिय टोलीबाट छानबिन हुनु पर्ने माग गरिन् । अर्का सदस्य अताहुसैन मियाँले ऐन कानुन मिचेर अघि बढेका वडा अध्यक्षमाथी कारवाही नगरिए चाडै आन्दोलनमा जाने तयारी भइरहेको जानकारी पनि दिए ।
यता वडा अध्यक्ष यादवले वडा सदस्यहरुद्वारा पत्रकार सम्मेलन गरि लगाइएको आरोप निराधार रहेको दाबी गर्दै आफूबाट हालसम्म भएका कामकाज सबै पारदर्शी र कानुनी व्यवस्था भित्रै रहेर गरिएको ठोकुवा गरे ।
उनले विपक्षि समूहले वडा सदस्यहरुलाई उक्साएर आफूलाई काम गर्न नदिन तथा बदनाम गर्न यस्तो झुठा आरोप लगाएको दाबी समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ