News Category 2078/01/12
सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीमा आइतबार एकै टोलका ११ जनासहित १५ जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबारै परिक्षण गरिएका २२ मध्ये १५ जना संक्रमित फेला परेका हुन् । फेला परेका संक्रमित मध्ये ९ जना पुरुष र ६ जना महिला छन् ।
जिल्लाको डाक्नेश्वर नगरपालिका ३ तरहीका ११ जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । ती एघारै जना चार परिवारका छिमेकी रहेको उनले जानकारी दिए ।
यस्तै फेला परेका अन्य संक्रमितहरु विष्णुपुर गाउँपालिका, राजविराज नगरपालिका, हनुमानगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक जना रहेका छन् ।
ती मध्ये जटिल अवस्थाका एक जनालाई गजेन्द्र नारायण सिंह अस्पतालकै आइसोलेशनमा तथा अन्य संक्रमितलाई होमआइसोलेशनमा पठाइएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए ।
योसँगै एक महिना यता कोरोनाबाट संक्रमित हुनेको संख्या जिल्लामा २७ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ