News Category 2078/01/18
आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन

राजविराज/सप्तरीमा आइतबारदेखी सवारीसाधान संचालनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा शनिबार बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
दिनानुदिन कोरोनाको जोखिम बढ्दै गइरहेको अवस्थामा बजारमा भिडभाड नियन्त्रण गर्ने उद्देश्यले सो प्रणाली लागु गर्न लागिएको जनाइएको छ ।
सम्पन्न बैठकले अत्यावश्यक सेवा बाहेकका बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकलसहित सबै सवारी साधनमा जोर–विजोर प्रणाली लागु गर्ने निर्णय समेत गरेको हो ।
यस्तै बढी भीडभाड हुने भुमि सुधार तथा मालपोत, नापी लगायतका कार्यालयले सेवा प्रवाह गर्दा भीडभाड नहुने व्यवस्था मिलाउने, बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ताकपडा तथा तरकारी विक्री वितरणमा रोक लगाउने तथा राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने निर्णय गरिएको छ ।
यसैगरि गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माणको अन्तिम चरणमा रहेको आइसोलेशन केन्द्र तीन दिनभित्र सञ्चालनमा ल्याउनका लागि अस्पताल प्रमुखलाई जिम्मेवारी तथा आइसोलेसनको सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनाले गर्ने निर्णय गरिएको छ ।
जिल्लामा दैनिक कोरोना संक्रमित थपिदै गएपछि स्थानिय प्रशासनले बिस्तारै बिस्तारै बिभिन्न क्षेत्रमा पुन: कडाई सुरु गरेको छ ।
यसअघि सभा, सम्मेलन, गोष्ठी लगायतका गतिविधीमा रोक लगाएको स्थानिय प्रशासनले शनिबार थप चार बुँदे निर्णय गरि थप क्षेत्रमा समेत कडाई गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ