News Category 2078/01/21
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण कार्यक्रमको मंगलबारदेखी राजविराजबाट शुभारम्भ गरिएको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले मंगलबार राजविराजस्थित होटल आई गार्डेनलाई ख (उत्तम) श्रेणीको लोगो टाँस गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजद्वारा आयोजित कार्यक्रममा प्रमुख यादवले होटल संचालक राधेश्याम रमणलाई उक्त श्रेणीको प्रमाण पत्र समेत प्रदान गरे ।
होटल स्तरियकरण तथा लोगो वितरण कार्यक्रमका टोलीले राजविराजस्थित डिलक्स स्टार होटल, होटल माउण्ट ब्लु र थारु रिसोर्टलाई ग (संतोषजनक) श्रेणीको लोगो टाँस गरी होटल संचालकहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
यस्तै राजविराजस्थित न्यू श्रेष्ठ होटल र होटल राज तथा माँ भगवती मिष्टान भण्डार, वजरंगवली पेडा भण्डार, जय मातादी मिष्टान भण्डार, आदर्श स्वीटस, प्रकाश स्वीट कर्नर, प्रभु नास्ता पसलहरुलाई घ (सामान्य) श्रेणीको लोगो टाँस गरी प्रमाण पत्र प्रदान गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेश सिंहले जानकारी दिएका छन् ।
यता जय माँ भगवती स्वीट कर्नर र माँ भगवती स्वीट कर्नरमा खाद्य पदार्थमा मिसावट जाँच गर्ने सरल तरिकाको स्टीकर टाँस गरेको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभीजन कार्यलयका प्रमुख सिंहले बताए ।
सो टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंह, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार राम, उद्योग अधिकृत संतोष कुमार साह, स.उ.वा.सँघका कार्यालय सचिव ललित झा, राष्ट्रिय उपभोक्ता मंचका राजकुमार गुप्ता, न्यायीक उपभोक्ता मंचका रामकुमार यादव लगायत वडाध्यक्षहरु जयनारायण मण्डल र संजय यादव तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ