News Category 2078/01/22
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
सप्तरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । दिनहुँ ३०/३५ जना संक्रमित भइरहेका छन् ।
यसैबीच बुधवार थप ३५ जना संक्रमितको पुष्टि भएको छ । ५७ जनाको पिसिआर परिक्षण गर्दा ३५ जना संक्रमितको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको रिपोर्ट अनुसार राजविराज नगरपालिकाका विभिन्न वडाका १६ जना संक्रमित भएका छन् ।
संक्रमित हुनेहरुमा वडा नं २ की ६४ वर्षीया महिला, ३ का १६ र २५ वर्षीय पुरुष तथा ६८ र २४ वर्षीया महिला, ४ का ३१ वर्षीय पुरुष, ७ की ५२ वर्षीया महिला तथा ६२ र ४८ वर्षीय पुरुष, ८ का २७ वर्षीय पुरुष, ६ की ५५ र ७४ वर्षीया महिला, ५ का ४०, ४२ र ५२ वर्षीय पुरुष तथा १६ का ५२ वर्षीय पुरुष छन् ।
यसैगरी सुरुङ्गा नगरपालिका १ का ८ र ३४ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–१२ का २२ र ३८ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका–१ की ३२ वर्षीया महिला, ३ की ४४ वर्षीया महिला, ४ का ४५ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका–३ का ७५ वर्षीय पुरुष, ५ की ३४ वर्षीया महिला र ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै राजगढ गाउँपालिका–५ की ५० वर्षीया महिला, डाकनेश्वरी नगरपालिका–६ का ७१ वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, अग्निसाइर कृष्णासवरण गाउँपालिका–३ का ४८ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–६ का ५५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–१ का १८ वर्षीय पुरुष, ५ का २० वर्षीय पुरुष र कञ्चनरुप नगरपालिका–७ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ