News Category 2078/01/23
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार राती १२ बजेदेखी निषेधाज्ञा

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
सप्तरी जिल्लामा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले जिल्लाका शहरी क्षेत्रहरुमा बैशाख २५ गते राती १२ बजेदेखी निषेधाज्ञा लगाइने निर्णय भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार सम्पन्न बैठकले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारि रहने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाको राजविराज, फत्तेपुर, कंचनपुर, बरमझिया, भारदह, हनुमाननगर, रुपनी, कठौना, कल्याणपुर, पातो, तोपा, महुली, बिरेन्द्र बजार, खरचुहिया, विष्णुपुर, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, पत्थरगाडा र बोदेबरसाइन लगायतका बजारहरुमा निषेधाज्ञा जारि गरिएको जनाइएको छ ।
यस्तै बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ भने निजी क्लिनिक सञ्चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी सञ्चालन गर्न बैठकले भनेको छ ।
जिल्लामा रहेको यूनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन बैठकले भनेको छ भने प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसन सञ्चालन गर्न निर्णय गरिएको छ ।
यस्तै, कन्ट्याक्ट ट्रेसिङ्ग र परीक्षण जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गर्ने गरी गर्ने र कुनै स्थानीय तहमा संक्रमण देखिए त्यसलाई सिल गर्न स्थानीय तह र प्रहरीलाई जिम्मेवारी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ