News Category 2078/01/26
अक्सिजन व्यवस्थापनका लागि प्रादेशिक अस्पताललाई पाँच/पाँच लाख : मन्त्री साह

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई स्वास्थ्य सामाग्रिका लागि आर्थिक सहयोग गर्ने भएका छन् ।
जिल्लामा कोरोनाको जोखिम तथा अवस्था बारे बुझन महासंघको भवनमा आइतबार आयोजित छलफल कार्यक्रममा कोरोना कहरमा संचारकर्मीहरुलाई चाहिने आवश्यक स्वास्थ्य सामाग्रि खरीद गर्नका लागि ५० हजार आर्थिक सहयोग गर्ने बताएका हुन् ।
महासंघका सभापति श्रवणकुमार देवलगायत अन्य संचारकर्मीको उपस्थितमा सामाजिक दुरी कायम राख्दै आयोजित छलफल कार्यक्रममा मन्त्री साहले अहिलेको अवस्थामा सबैभन्दा बढी अक्सिजन सिलिण्डरको अभाव रहेकोले सोको व्यवस्थापनका लागि प्रदेश सरकारले प्रादेशिक अस्पतालहरुलाई ५/५ लाख रकम उपलब्ध गराएको जानकारी दिए ।
त्यस्तै उनले अस्पतालहरुमा जनशक्तिको अभाव रहेकोमा त्यसको पूर्तीका लागि प्रदेश सरकारले कार्य सुरु गरिसकेको जानकारी पनि दिए । यस्तै पिसिआरको दायरा बढाउने कार्य समेत सुरु भइसकेको र सोमबारदेखी पिसिआर मेशिनको क्षमता बढाउनका लागि ओटोएक्टेशन मेशिन जडान हुने जानकारी दिए ।
सोही छलफल कार्यक्रममा जिल्लामा संक्रमितहरुको संख्या बढ्दै गएकोले त्यसप्रति सम्पूर्ण जिल्लावासी सचेत हुनुपर्नेमा जोड दिए । उनले संक्रमितहरु खुलेआम घुमफिर गरिरहेकाले उनीहरुप्रति स्थानिय सरकार समेतले ध्यान दिनुपर्ने सुझाव दिए ।
सोही छलफलमा राजविराजस्थित साईकृष्णा मेकिडल कलेजको पुरानो भवनमा ५० शैय्याको कोभिड अस्पताल सोमबारदेखी संचालनमा आउने उनले जानकारी दिए ।
यसअघि गजेन्द्रनारायण सिंह अस्पतालमा २५ शैय्याको एचडियु युनिट संचालनमा रहेको छ । संक्रमितहरु बढ्दै गएको अवस्थामा उपचारमा समस्या आउने भएपछि सो अस्पताल संचालनमा ल्याइने भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ