News Category 2078/01/26
सात सय अक्सिजन सिलिण्डर बरामद

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
प्रदेश २ प्रहरी कार्यालयले प्रदेश भरिबाट आइतबार सात सय अक्सिजन सिलिण्डर बरामद गरेको छ ।
स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेशका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको ती अक्सिजन सिलिण्डर प्रहरीले बरामद गरेको जनाएको छ ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले नेपाल प्रहरीको सक्रियतामा १ सय ३२ वटा भरी सिलिण्डर र ५ सय ६८ वटा खाली सिलिण्डर बरामद गरेको जानकारी दिएका छन् ।
यता प्रहरीले कोरोना महामारीका बेला स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनको लागी स्टक गरी राखेको ब्यक्ती तथा सम्बन्धित निकायलाई आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
प्रदेश प्रहरीले वर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन हुन अपिल गर्दै जथाभावी तवरबाट स्टक गरी प्रहरी कारवाहीमा फेला परेमा सम्वन्धित व्यक्ति, निकाय उपर प्रचलित ऐन कानून बमोजिम कारवाही हुने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ