News Category 2078/01/29
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१, थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
कोरोना पोजेटिभ भएका एक सप्तरीका पुरुषको मंगलबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ भने एक बृद्धाको जिल्लास्थित आफ्नै घरमा मृत्यु भएको छ ।
यो संगै सप्तरीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ । जसमा पहिलो लहरमा ४२ जना तथा हाल दोस्रो लहरमा ९ जनाको मृत्यु भइसकेको छ ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न. १ भलुवा निवासी ६१ वर्षीय सो पुरुषको धरानस्थित बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
मुटुमा समस्या देखिएपछि वैशाख २७ गते उनलाई सो अस्पतालको इमरजेन्सी वार्डमा उपचारको लागि भर्ना गरिएको थियो । सो क्रममा पिसिआर परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।
यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित संक्रमित एक ६१ बर्षिया महिलाको मृत्युु भएको छ । ती महिलाको घरका चार जना परिवारसमेत संक्रमित थिए । उनीहरु सबै होम आइशोलेशनमामा छन् ।
संक्रमितमध्ये सबभन्दा पाको उमेरकी ती महिलाको मृत्युु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसैबीच सप्तरीमा बुधबार ७८ जनाको पिसिआर परिक्षण गर्दा ४४ जना कोरोना संक्रमित फेला परेका छन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ७८ जनाको पिसिआर परीक्षण गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या २ हजार ४ सय ९ पुगेको छ ।
यता बुधबार ५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ