News Category 2078/03/07
नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ
दैनिक समाचारदाता
सप्तरी, ७ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटी हत्या गरेका मुख्य अभियुक्तलाई प्रहरीले तीन दिन नबित्दै पक्राउ गर्न सफल भएको छ ।
शुक्रबार भएको उक्त घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ । स्थानिय १९ वर्षिय रोहित कुमार यादवले बलात्कार प्रयास बिफल भएपछि तथा आफ्नो पहिचान खुल्ने डरले बालिकाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
शुक्रबार बाख्रा चराउन गएकी डाक्नेश्वरी नगरपालिका ३ की नौं वर्षिया शिवानीकुमारी यादवको हत्या भएको थियो । अबेर साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीको सहयोगमा खोज्दै जाँदा सोही वडाको हटैलस्थित आँप बगैचा नजिकै बाँसघारीमा घाँटी रेटिएको तथा हत्यामा प्रयोग भएका हँसिया, बालिकाको दुई खुटाको बीचमा गाडीएको अवस्थामा मृत शरीर फेला परेको थियो ।
अनुसन्धानको क्रममा जिल्ला प्रहरीका साथै संघीय र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट विशेष प्रहरी टोली परिचालित थिए । त्यस्तै तालिम प्राप्त कुकुरको समेत सहयोग लिइएको थियो ।
तीन दिन लगातारको अथक प्रयास र अनुसन्धानपछि मुख्य अपराधी पक्राउ गर्न सफलता मिलेको एसपी धमलाले बताए । कुकुरले गरेको संकेत तथा घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा हत्यारा आइतबार राती भारततर्फ भाग्न खोज्दै गरेको अवस्थामा पक्राउ परेको उनले जानकारी दिए ।
उनका अनुसार बाख्रा चराउन निस्केकी शिवानी आँप बगैचामा पुगेपछि आँप टिप्न लागेकी थिइन् । सोही स्थानमा घास काट्दै गरेका रोहितले एकान्तमा देखेर मुख थुनी बाँसघारीमा लगि लडाएर बलात्कारको प्रयास गरेका थिए । तर, शिवानी आमालाई भनिदिन्छु भन्दै चिच्याउन थालेपछि पोल र पहिचान खुल्ने डरले हँसियाले घाँटी रेटेर मारेको रोहितले स्वीकारेका छन् ।
प्रहरीले रोहितलाई सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ