News Category 2078/03/15
सप्तरीमा पनि मनाइयो धान दिवस, बालीमा ५० प्रतिशतसम्म अनुदान निरन्तर रहने ः अध्यक्ष सिंह
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, बलानबिहुल गाउँपालिका र बोदेबरसाइन नगरपालिकामा मंगलबार १८औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ स्थित खेतमा धान रोपेर सो दिवस मनाइएको हो ।
धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधि मैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
कृषकलाई सहुलियत दिन गाउँपालिकाले विगत बर्षहरुदेखि नै धान, गहुँ, मकै, सर्सों लगायतको बालीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको बताअस्उँदै कृषकलाई आत्मनिर्भर बनाएमात्र समृद्धि ल्याउन सकिनेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले कृषि कर्मलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै गाउँपालिकाले विगत बर्षहरुदेखि नै कृषकलाई विभिन्न किसीमले सुविधाहरु प्रदान गर्दै आईरहेको र आगामी दिनमा पनि सहुलियत दिने कार्य जारी रहने प्रतिबद्धता जनाए ।
यस्तै मंगलबारै जिल्लाको बलानबिहुल र बोदेबरसाईनमा पनि धान दिवस मनाईएको छ । बलान बिहुल गाउपालिका ५ स्थित रामनगरमा किसानहरूले धान रोपी, दही, च्युरा खाएर धान दिवस मनाईएको हो ।
सो अवसरमा बलान बिहुल गाउपालिका अध्यक्ष दयानन्द गोईतेले किसानलाई कृषि तर्फ आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । कृषि ज्ञान केन्द्र र साना सहकारी संस्था लि. को संयोजनमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र राजबिराजका प्रमुख राजेन्द्र प्रसाद यादबले कृषीलाई ब्यवसायीकरण गर्न सिचाईमा जोड दिनुपर्ने बताए ।
सप्तरीमा ६३ प्रतिशत खेती योग्य जमिन रहेकोले सिंचाई अभावका कारण सिंचाई संरचनामा पानी नआउदाँ खेती हुन नसकेको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ