News Category 2078/03/15
सप्तरीमा पनि मनाइयो धान दिवस, बालीमा ५० प्रतिशतसम्म अनुदान निरन्तर रहने ः अध्यक्ष सिंह
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, बलानबिहुल गाउँपालिका र बोदेबरसाइन नगरपालिकामा मंगलबार १८औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ स्थित खेतमा धान रोपेर सो दिवस मनाइएको हो ।
धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधि मैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
कृषकलाई सहुलियत दिन गाउँपालिकाले विगत बर्षहरुदेखि नै धान, गहुँ, मकै, सर्सों लगायतको बालीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको बताअस्उँदै कृषकलाई आत्मनिर्भर बनाएमात्र समृद्धि ल्याउन सकिनेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले कृषि कर्मलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै गाउँपालिकाले विगत बर्षहरुदेखि नै कृषकलाई विभिन्न किसीमले सुविधाहरु प्रदान गर्दै आईरहेको र आगामी दिनमा पनि सहुलियत दिने कार्य जारी रहने प्रतिबद्धता जनाए ।
यस्तै मंगलबारै जिल्लाको बलानबिहुल र बोदेबरसाईनमा पनि धान दिवस मनाईएको छ । बलान बिहुल गाउपालिका ५ स्थित रामनगरमा किसानहरूले धान रोपी, दही, च्युरा खाएर धान दिवस मनाईएको हो ।
सो अवसरमा बलान बिहुल गाउपालिका अध्यक्ष दयानन्द गोईतेले किसानलाई कृषि तर्फ आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । कृषि ज्ञान केन्द्र र साना सहकारी संस्था लि. को संयोजनमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र राजबिराजका प्रमुख राजेन्द्र प्रसाद यादबले कृषीलाई ब्यवसायीकरण गर्न सिचाईमा जोड दिनुपर्ने बताए ।
सप्तरीमा ६३ प्रतिशत खेती योग्य जमिन रहेकोले सिंचाई अभावका कारण सिंचाई संरचनामा पानी नआउदाँ खेती हुन नसकेको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ