News Category 2078/03/18
स्वास्थ्य सामग्री हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, १८ असार ।
कोभिड १९ बाट जोगिनका लागि दलित सरोकार मञ्च नेपाल कञ्चनरुप सप्तरीको समन्वयमा तथा चुुजी च्यारिटी फाउण्डेशन ताइवानको सहयोगमा शुुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
सो संस्थाले जिल्लाको कंचनरुप नगरपालिकालाई १० लिटरको अक्सीजन कन्सट्रेटर २ थान, पिपिई सेट एक हजार, एन ९५ माक्स ५ हजार, मेडिकल माक्स १० हजार, ग्लोब्स १० हजार, ५ लिटरको सेनिटाईजर ४० जार, प्लस अक्सिमिटर एक सय थानलगायतका समाग्रीहरु उपलब्ध गराएको दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले जानकारी दिएका छन् ।
असार महिना भित्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक थान भेन्टिलेटर, एक थान भिडियो एक्सरे र एक थान डिजिटल एक्सरे हस्तान्रण गर्ने समेत उनले बताए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कञ्चनरुप नगरपालिका प्रमुख बसन्त कुमार मिश्रले अहिलेसम्मकै सबभन्दा ठूलो स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगी संस्था र समन्वय गर्ने मञ्चलाई विशेष धन्यवाद दिएका थिए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख निरु पोखरेल, प्रमुुख प्रशासकीय अधिकृत नवराज खडका, प्रशासन फाटका संयोजक राजेश यादब, स्वाथ्य शाखाका संयोजक रामसेवक यादब, सह–संयोजक डम्बर प्रसाद गुप्ता, दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरिया, जिल्ला संयोजक राजकुुमार पासवान, लेखाअधिकृत अमित गुप्ता, बालकुुमारी चौधरी, कार्यक्रम सहायक अनिताकुमारी खंग, पत्रकार राजकुुमार साह, डम्बर राई, उत्तम अचार्य लगायतको उपस्थिति रहेको थियो ।
यसअघि बिहिबार सिरहाको कर्जन्हा नगरपालिकालाई करिब ८० लाख बराबरको स्वास्थ्यसंग सम्बन्धीत विभिन्न समाग्रीहरु उपलब्ध गराइएको जनाइएको छ ।
कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानले स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रह बमोजिम दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासमानको अगुवाईमा èस्चुजी फाउनडेसन ताइवानको सहयोगमा अक्सीजन कन्सट्रेटर २० थान, ऐन्टीजेन टेस्ट किट २५ सय, पिपिई सेट ५ सय, एन ८५ माक्स १ हजार पिस, मेडिकल माक्स १० हजार, २५ सय ग्लोब्स, ५ लिटरका सेनिटाईजर ५० जार, प्लस अक्सिमिटर ५० थान, थर्मलगन ५० थानलगायत समाग्रहीहरु उपलब्ध गराइएको कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगदिश मण्डलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ