News Category 2078/03/19
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
राजविराज/विश्व हिन्दु परिषद नेपाल सप्तरीले विगत एक महिनादेखी जिल्लाका विभिन्न ११ स्थानमा निशुल्क काढा बितरण गर्दै आएको छ ।
बढदै गएको कोरोना संक्रमणसँग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले मुलेठी, तुलसी, अस्वगन्धा, गिलोय, ईलाईची लगायतका आयुर्वेदिक जडिबुटी मिश्रित काढा तयार गरि बितरण गरिदै आएको कार्यक्रमका अगुवा एवं विश्व हिन्दु परिषद सत्संग बिभाग, सगरमाथा सभागका सहसंयोजक जंगबहादुर सिँहले जानकारी दिएका छन् ।
अभियान जेष्ठ २० गतेदेखि जिल्लाको सदरमुकाम राजबिराजका साथै प्रमुख बजार हनुमाननगर, कंचनपुर, भारदह, कल्याणपुर, बोदेबरसाईन, मैनाकडेरी, तिरहुत, छिन्नमस्ता लगायतका ११ स्थानमा संचालनमा रहेको सिँहको भनाई छ ।
यता काढा सेवनका लागी राजबिराजस्थित गजेन्द्र चौकमा दैनिक ३ सय ५० देखि ४ सय जना सम्म सर्वसधारण आउने गरेको उनको भनाई छ ।
संस्थाले सुरूवात गरेको यो अभियानका लागि स्वयंमसेवी प्रयाग यादब, कार्तिक चौधरी, सुरेश रूगंटा, गोपाल गुप्ता, दिलिप यादब लगायत ७१ जना खटिएका छन । यस्तै स्थानिय समाजसेवीहरूका तर्फबाट पनि निकै सहयोग मिलेको उनको भनाई छ ।
यस्तै ग्यास चुलो र काढा पिउन प्रयोग गरिने ग्लासको ब्यबस्थापन स्थानिय समाजसेवीहरूले सहयोग पुर्याउदै आएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यो अभियानलाई अहिले जारी नै राख्ने परिषदले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ