News Category 2078/03/23
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
सप्तरीका बहुचर्चित एवं प्रतिक्षित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको राजविराजमा मंगलबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ ।
लामो समयदेखी जग्गा विवादका कारण निर्माण हुनेमा शंका व्यक्त गरिँदा मंगलबार प्रधानमन्त्रीले उद्घाटन गरे पश्चात् अब स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमै बन्ने निश्चित समेत भएको छ ।
आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले प्रतिष्ठान संचालनमा आएपछि स्वास्थ्य सेवाका साथै रोजगारीका अवसरहरु समेत सृजना हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै सप्तरीमा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको सुधार, रुपनीदेखी दक्षिणतर्फको फोर लाइन सडक तथा जिल्लाको कृषिमा आधुनिकीकरणका लागि समेत सरकारले काम गरिरहेको जानकारी पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीले शिलान्यास मन्तव्यकै क्रममा जिल्लाको विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधी तथा सप्तरीवासीलाई एकजुट भई सघाउन आग्रह समेत गर्नुभयो ।
यता प्रधामन्त्रीले त्यसको शिलान्यास समेत गर्दा अहिले जिल्लामा खुशीयाली छाएको छ ।
प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रन्जित झाले ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुन लागेको आयोजनाको निर्माण कार्य तिब्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरि संचालनमा ल्याई सकिने लक्ष्य रहेको जानकारी दिनुभयो ।
२०७५ भदौं १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुसार राजविराज नगरपालिकाले वडा नं. १० दिघवास्थित हुलाकी राजमार्ग छेउमा ६२ विगहा जग्गा उपलब्ध गराएको थियो । तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानिय एक सहकारी संस्थाले दाबी गरेपछि जग्गा विवाद उत्पन्न भई प्रतिष्ठान निर्माण अन्यौलमा परेको थियो ।
यसैबीच जनता समाजवादी पार्टीको तर्फबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका लक्ष्मणलाल कर्णले पद वहाली गरे लगत्तै उक्त जग्गा प्रतिष्ठानको नाममा स्वीकृत गरेपछि प्रतिष्ठान निर्माणको बाटो सहज भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ