News Category 2078/03/25
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
मधेशी आयोगले मधेशी समुदायको सशक्तीकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार राजविराजमा आयोजना गरेको छ ।
मधेशी आयोग ललितपुरद्वारा आयोजित कार्यक्रममा बिद्यार्थीहरूलाई लोकसेवामा कसरी प्रबेश गराउने अभिप्रायले युवालाई सशक्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
मधेशी आयोगका सदस्य आभासेतु सिँहले मधेशी समुदायको हकहितको संरक्षण र सम्बर्धन तथा समुदायको सशक्तीकरणका लागि आयोजना गरिएको चेतनामुलक कार्यक्रमवाट बिद्यार्थीहरूलाई लोकसेवाप्रति उत्प्रेरणा जगाउन ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन ।
मधेशी समुदायको पहिचानका सम्बन्धमा बिस्तृत अध्ययन र अनुसन्धान गरी थर सुचिकृत गर्न सरकारलाई सिफारिस सँगै बिधमान कुरिति, अन्धबिश्वास तथा सबै प्रकारका शोषणको अन्त्य गर्न र मधेशी समुदायको सशक्तीकरणको लागि कार्यक्रम गर्दै आएको बताईन ।
मधेशी समुदाय भित्र आर्थिक वा सामाजिक रूपमा पछाडी परेका ब्यक्तीको बिकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्न अधिकार तोकेको बताईन ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले लोकसेवा सम्बन्धी जानकारीमुलक कार्यक्रमले बिद्यार्थीहरूलाई सार्वजनिक सेवामा प्रवेशमा ठुलो टेवा पुग्ने बताए ।
यसैगरी उक्त कार्यक्रममा खडग नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निरज देवले लोकसेवा पास गर्नका लागि दिनरात लगनशिल भएर सकरात्मक सोच बनाएर अगाडी बढे सफलता हासिल गर्न सकिनेमा जोड दिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरिक्षक माधव प्रसाद काफ्ले, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अबधेश झा, अधिकारकर्मी जंगबहादुर सिँह, मधेशी आयोगका शाखा अधिकृत बिना शर्मा लगायत बिद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ