News Category 2078/03/25
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
मधेशी आयोगले मधेशी समुदायको सशक्तीकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार राजविराजमा आयोजना गरेको छ ।
मधेशी आयोग ललितपुरद्वारा आयोजित कार्यक्रममा बिद्यार्थीहरूलाई लोकसेवामा कसरी प्रबेश गराउने अभिप्रायले युवालाई सशक्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
मधेशी आयोगका सदस्य आभासेतु सिँहले मधेशी समुदायको हकहितको संरक्षण र सम्बर्धन तथा समुदायको सशक्तीकरणका लागि आयोजना गरिएको चेतनामुलक कार्यक्रमवाट बिद्यार्थीहरूलाई लोकसेवाप्रति उत्प्रेरणा जगाउन ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन ।
मधेशी समुदायको पहिचानका सम्बन्धमा बिस्तृत अध्ययन र अनुसन्धान गरी थर सुचिकृत गर्न सरकारलाई सिफारिस सँगै बिधमान कुरिति, अन्धबिश्वास तथा सबै प्रकारका शोषणको अन्त्य गर्न र मधेशी समुदायको सशक्तीकरणको लागि कार्यक्रम गर्दै आएको बताईन ।
मधेशी समुदाय भित्र आर्थिक वा सामाजिक रूपमा पछाडी परेका ब्यक्तीको बिकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्न अधिकार तोकेको बताईन ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले लोकसेवा सम्बन्धी जानकारीमुलक कार्यक्रमले बिद्यार्थीहरूलाई सार्वजनिक सेवामा प्रवेशमा ठुलो टेवा पुग्ने बताए ।
यसैगरी उक्त कार्यक्रममा खडग नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निरज देवले लोकसेवा पास गर्नका लागि दिनरात लगनशिल भएर सकरात्मक सोच बनाएर अगाडी बढे सफलता हासिल गर्न सकिनेमा जोड दिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरिक्षक माधव प्रसाद काफ्ले, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अबधेश झा, अधिकारकर्मी जंगबहादुर सिँह, मधेशी आयोगका शाखा अधिकृत बिना शर्मा लगायत बिद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ