News Category 2078/03/25
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो

दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीको सुरुङगा नगरपालिका ९ की २१ वर्षिया सविता साहले असार १४ गते विहान एक बच्चा (छोरा) लाई जन्म दिईन । तर, बच्चा जन्मिने बित्तिकै नरोएपछि बच्चा मृत जन्मेको भन्दै परिवारजन स्तब्ध भए ।
सो अवस्थामा सविताका बुवा बसन्त साहले तुरुन्त बच्चालाई एम्बुलेन्समा राखी राजविराजस्थित युनिक सिटी हस्पिटल पु¥याए ।
मुटु र श्वास नचलेको सो शिशुलाई हस्पिटलका डा. राजन जयसवालले भर्ना गरि उपचार सुरु गरे । केही औषधी चलाएर बच्चाको छाती थिचेर उपचार गरेपश्चात् करिब आधा घन्टापछि बच्चाले श्वास फेर्न र मुटुसमेत चल्न थालेको डा. जयसवालको भनाई छ । अस्पतालमा रहेको उच्च प्रविधिको माध्यमले उपचार गरेपछि बच्चाको जीवन जोगियो ।
बच्चाको अवस्थामा केही सुधार आएपछि भेन्टिलेटरमा राखेर दुई दिनको उपचारपछि आईसियुमा ८ दिनसम्म राखेर उपचार गरिएको हस्पिटलका संस्थापक जयप्रकाश ठाकुरले जानकारी दिए ।
सप्तरी सदरमुकाम राजबिराजमै युनिक हस्पिटलले पहिलो पटक भेन्टिलेटर र आईसियुसहितको उपचार सुरुवात गरेको छ । जसकारण शिशुलाई अन्यत्र नलगेर अभिभावक समेतले विश्वास गरेपछि बच्चाको ज्यान जोगाउन सफल भएको उनको भनाई छ ।
दुई बर्ष पहिले बिवाह भएको सविताका पति अशोककुमार साह अहिले बैदेशिक रोजगारमा छन । सविताको यो नै पहिलो सन्तान हो । सबिताका बुबा नातीले पुनरजन्म पाएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिदै नातीको ज्यान जोगिएकोमा खुशी हुँदै बिहीबार अस्पतालबाट बच्चालाई लिएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ