News Category 2078/03/25
अज्ञात रोगका कारण एक महिलाको मृत्यु, आधा दर्जन बढी बिरामी
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीमा अज्ञात रोगबाट एक जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी व्यक्ति बिरामी परेका छन् ।
सो रोगबाट मृत्यु हुनेमा जिल्लाको महादेवा गाउँपालिका २ चकली निवासी ४० वर्षीया सितादेवी रजक रहेकी छिन् । उनको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको थियो । उनलाई बिहिवार साँझ वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार उनलाई फुड प्वाइजनका कारण मृत्यु भएको हुन सक्ने बताए । यस्तै उनीसँगै लक्षण देखिएर २२ वर्षीय सन्दिप रजक, १८ वर्षीय रंजित रजक, २२ वर्षीया कंचन रजक, १९ वर्षीय राजेश रजक विरामी भएका छन् ।
यसैगरी ३० वर्षीया सोनीयादेवी रजक, १७ वर्षीय काजल मण्डल र ३० वर्षीय रन्जन मिश्रा पनि विरामी परेको निमित्त प्रमुख यादवले बताए ।
त्यस्ता लक्षण देखिएको स्थानमा स्थानीय स्वास्थ्यकर्मीहरुको टोली पठाइसकेका स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।
यता विरामीमध्ये तीन जनाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ९ख्स्उपचार भइरहेको छ भने चार जनालाई थप उपचारको लागि धरान रिफर गरिएको अस्पतालका प्रमुख डा. रन्जित कुमार झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ