News Category 2078/03/25
महुली सामुदायिकद्वारा विष्णुपुर गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिकालाई महुली सामुदायिक विकास केन्द्रले कोभिड १९ को रोकथाम तथा उपचारका लागि स्वास्थ्य तथा व्यक्तिगत स्वच्छता सामाग्रिहरु शुक्रबार एक कार्यक्रमबीच प्रदान गरेको छ ।
बिएमजेड÷भिसिए÷डब्लुएचएचको आर्थिक सहयोग तथा संस्थाद्वारा संचालित सप्तरी जिल्लाको सामाजिक परिवर्तनका लागि खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सवलिकरण परियोजना अन्तरगत कोभिड १९ को रोकथाम तथा उपकारका लागि गाउँपालिकाद्वारा संचालित आइसोलेश सेन्टर तथा कोभिड १९ प्रभावितहरुका लागि ती स्वासथ्य सामाग्रिहरु प्रदान गरिएको संस्थाका निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिएका छन् ।
आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष चौधरीले गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवलाई कोभिड १९ प्रभावित व्यक्तिहरु, बाढी प्रभावित परिवार तथा पूर्ण सरसफाई उन्मुख नमूना बस्तिहरुमा उपयोग गर्नका लागि सर्जिकल मास्क, फेस सिल्ड, ग्लोब्स, सेनिटाइजर, अक्सिमिटर, थर्मल गण, डस्टबिन, फिनेल, प्लास्टिक ब्याग, ट्वाइलेट ब्रस, साबुन, हेन्डवास, टुट ब्रस, पेस्ट, नेल कटर, हाइजेनिक किट्स लगायत २ लाख ८५ हजार ४ सय ९३ मुल्य बराबरको का १७ वटा स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरे ।
आयोजित सामाग्रि हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक नरेश बहादुर साह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन प्रसाद यादव लगायत आया्जित संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ