News Category 2078/03/25
महुली सामुदायिकद्वारा विष्णुपुर गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिकालाई महुली सामुदायिक विकास केन्द्रले कोभिड १९ को रोकथाम तथा उपचारका लागि स्वास्थ्य तथा व्यक्तिगत स्वच्छता सामाग्रिहरु शुक्रबार एक कार्यक्रमबीच प्रदान गरेको छ ।
बिएमजेड÷भिसिए÷डब्लुएचएचको आर्थिक सहयोग तथा संस्थाद्वारा संचालित सप्तरी जिल्लाको सामाजिक परिवर्तनका लागि खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सवलिकरण परियोजना अन्तरगत कोभिड १९ को रोकथाम तथा उपकारका लागि गाउँपालिकाद्वारा संचालित आइसोलेश सेन्टर तथा कोभिड १९ प्रभावितहरुका लागि ती स्वासथ्य सामाग्रिहरु प्रदान गरिएको संस्थाका निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिएका छन् ।
आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष चौधरीले गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवलाई कोभिड १९ प्रभावित व्यक्तिहरु, बाढी प्रभावित परिवार तथा पूर्ण सरसफाई उन्मुख नमूना बस्तिहरुमा उपयोग गर्नका लागि सर्जिकल मास्क, फेस सिल्ड, ग्लोब्स, सेनिटाइजर, अक्सिमिटर, थर्मल गण, डस्टबिन, फिनेल, प्लास्टिक ब्याग, ट्वाइलेट ब्रस, साबुन, हेन्डवास, टुट ब्रस, पेस्ट, नेल कटर, हाइजेनिक किट्स लगायत २ लाख ८५ हजार ४ सय ९३ मुल्य बराबरको का १७ वटा स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरे ।
आयोजित सामाग्रि हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक नरेश बहादुर साह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन प्रसाद यादव लगायत आया्जित संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ