News Category 2078/03/25
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
प्रदेश २ का भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सरकारले चाडै धानको मूल्य तोक्ने बताएका छन् ।
राजबिराज वडा ९ स्थित जनज्योती कृषि सहकारी संस्थाद्वारा आयोजित कृषि उपज भण्डारण गृहको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।
उक्त गृहको उद्घाटन गर्दै उनले बिचौलियाका कारण किसानले उत्पादन अनुसार धानको मूल्य पाउन नसकेकोले प्रदेश सरकारले किसानको मनोवल उच्च बनाउने उद्देश्यले मूल्य तोक्ने उल्लेख गरे ।
मन्त्री साहले यस बर्ष किसानलाई मलखादको विगतको जस्तो समस्या नभएको बताउदै किसानलाई कृषितर्फ आत्मनिर्भर बनाउन कृषि सडक बनाउने कार्यलाई अगाडी बढाएको बताए ।
किसानलाई समयमा उन्नत बीउ, बिजन र मलखाद उपलब्ध गराउन सरकारको ठोस योजना रहेकोले संघिय सरकार र स्थानिय सरकारको कृषि क्षेत्रलाई सुधार गर्ने तर्फ सोच नभएका कारण कृषिमा अपेक्षित उत्पादन हुन नसकेको प्रति चिन्ता ब्यक्त गरे ।
प्रदेश २ सरकारको साझेदारीमा कृषि उपज भण्डारण गृहको निर्माणले सप्तरीका किसानहरुले उत्पादन गरेर भण्डारण गर्न नसक्ने अवस्थामा यस भण्डारण गृहमा आफ्नो अन्न बाली राख्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
सो अवसरमा युवा नेता युसुफ अलीले सप्तरीमा ६३ प्रतिशत खेती योग्य जमिन रहेकोले सिचाई अभावका कारण भएका सिचाई संरचनामा पानी नआउदाँ खेती हुन नसकेको बताए । मुलुकमा ४० प्रतिशत मात्र कृषि उत्पादन हुने गरेको र ६० प्रतिशत बाहिरवाट आपुर्ति हुने गरेको उनले जानकारी दिए ।
प्रदेश २ सरकार कृषि बिकास निर्देशनालय नक्टाझिझ धनुषा र जनज्योती कृषि सहकारी संस्था मलेठको साझेदारीमा कुल ४८ लाख ६४ हजार १ सय ५८ रूपैया ६८ पैसाको लागतमा कृषि उपज भण्डारण गृहको निर्माण गरिएको संस्थाका अध्यक्ष बिश्वनाथ मण्डलले जानकारी दिए ।
अध्यक्ष मण्डलले प्रदेश सरकार र संस्थाको बराबरीको लागतमा निर्माण भएको भण्डारण गृहमा घरमा भण्डारणको अभाव रहेका किसानहरुले अब उपरान्त अन्नबाली यसै गृहमा राखेर संस्थाले बिसानहरुलाई चाहेको समयमा बजार मुल्य अनुसार रकम वा अन्नबाली दिने जानकारी दिए ।
उक्त कार्यक्रममा राजबिराज वडा ९ का वडा अध्यक्ष शम्भु प्रसाद यादब, संस्थाका बयोबृद्ध सदस्य एवं समाजसेवी हरेकृष्ण सिँह, पत्रकार चन्दनकुमार यादबलगायतले शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ