News Category 2078/03/27
गर्भवति र सुत्केरी महिलालाई अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
राजविराजस्थित विपन्न समुदायका गर्भवति र सुत्केरी महिलालाई आइतबार अण्डासहितको पोषणयुक्त सामग्री बितरण गरिएको छ ।
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका राजबिराज वडा नं. १, ७ र ८ का गर्भबति, सुत्केरी महिलाहरूलाई ती पोषण सामग्री बितरण गरिएको हो ।
राजबिराज वडा १ स्थित महाकबि देवकोटा आधारभुत बिद्यालयबाट राजबिराज नगरपालिका उपप्रमुख साधना झाले पोषण झोला बितरण गर्दै कार्यक्रमको सुरूवात गरेकी छिन ।
गर्भबति, सुत्केरी महिलाहरूलाई पोषण समाग्रि बितरण गर्दै उपप्रमुख झाले बालवालिकाको खानपान, स्याहार र सरफाईमा उचित ध्यान नदिएकै कारण बालवालिका कुपोषित हुने गरेको बताईन ।
दुई क्रेट अण्डा, प्रोटिनो १ डब्बा, २ थान साबुन, प्लाष्टिकको भाडो १ थान, बाल्टिन १ थान, जग र मग १÷१ थान गरी ६० जना वडाका गर्भवति, सुत्केरी महिलाहरूलाई पोषण झोला बितरण गरिएको राजबिराज नगरपालिका पोषण सहजकर्ता रंजिता कुमारी यादबले बताईन ।
यसरी निशुल्क पोषणयुक्त सामाग्रि पाएपछि विपन्न समुदायका गर्भवति र सुत्केरी महिलालाई खुशी भएका छन् ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापा, राजबिराज वडा नम्वर ८ का वडा अध्यक्ष जय नारायण मण्डल, नगर पोषण समिति संयोजक तथा वडा ३ का अध्यक्ष सुदर्शन सिँह, राजबिराज वडा १ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, वडा ७ का अध्यक्ष मागीलाल नाई, पशु सेवा अधिकृत परमेश्वर यादब, संचारकर्मी चन्दनकुमार यादब लगायतको उपस्थिति रहेको थियो ।
यस्तै आइतबारै राजबिराज नगरपालिका कृषि शाखाले ६० जना महिलाहरूलाई मेवाको बोट र बिउबिजन समेत बितरण गरिएको कृषि शाखा प्रमुख हरि नारायण यादबले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ