News Category 2078/03/27
स्थानिय र उपभोक्त समितिबीच विवाद हुँदा बाटो निर्माण काम रोकियो
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
सप्तरीको महादेवा गाउँपालिकामा स्थानिय र उपभोक्त समितिबीच विवाद हुँदा बाटो निर्माणको काम रोकिएको छ ।
सो गाउँपालिका १ पकरीमा हिलाम्मे बाटो रहेकोले सो बाटोमा ग्राभेल खसाल्न स्थानियले माग गर्दा उपभोक्ता समितिले नमानेका कारण सो विवाद भएको हो ।
उपभोक्ता समितिले चन्द्र नहरको डिलमा ग्राभेल खसाल्न खोज्दा स्थानीयले टोलमा रहेको हिलाम्मे बाटोमा ग्राभेल खसाल्नु पर्ने अडान राख्दा दुबै पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ ।
स्थानिय र उपभोक्ता समितिका पदाधिकारीबीच विवाद पश्चात् झडपको अवस्था सृजना भएपछि हाललाई काम स्थगित गरिएको छ । झडपको अवस्था सृजना भएपछि पुगेको प्रहरी टोलीको हस्तक्षेपका कारण स्थिती समान्य पारिएको थियो ।
उपभोक्ता समितिका पदाधिकारी र स्थानीय टोलवासी बीच सहमति नभएसम्मका लागि काम समेत रोकाइएको प्रहरीले जनाएको छ ।
यता गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले गाउँपालिकाको २०७७÷७८ को बजेटबाट चन्द्र नहरको डिलमा ग्राभेल हाल्नु पर्ने भएकोले सोही अनुसार उपभोक्ता समितिले काम गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ