News Category 2078/03/27
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
कोरोना विरुद्धको खोप लगाएकै दिन मदिरा सेवन गर्दा सप्तरीमा एक व्यक्तिको ज्यान गएको छ ।
जिल्लाको तिलाठी कोर्इंलाडी गाउँपालिका ७ निवासी ६५ वर्षिय बलराम मण्डलको आईतवार विहान ज्यान गएको हो ।
मण्डलले शनिवार गाउँपालिकाको तोपास्थित उपस्वास्थ्य चौकीमा कोरोना विरुद्धको दोश्रो खोप लगाएको तिलाठी कोइलाडी गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् ।
खोप लगाएर घर फर्केका उनी सोही दिन साँझ गाउकै एक पंचायतीमा सहभागि भएका थिए । पंचायती सकेपछि मदिरा सेवन गरेर घर पुगेका उनलाई मध्यरातमा असहज महशुस भएपछि तिलाठी कोइलाडी उपस्वास्थ्य चौकीमा उपचारका लागि पुगेको स्वास्थ्य चौकीका इन्र्चाज रामकृष्ण साहले जानकारी दिएका छन् ।
विहान ४ वजे तिर उनको जाचँ गर्दा रक्तचाप अत्याधिक देखिएकाले सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचारका लागि आउँदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् ।
यसैबीच जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुखियालाल यादवले घट्ना खोपको कारण नभई अत्याधिक मदिरा सेवनका कारणले भएको जानकारी दिए ।
यता जिल्लामा कोरोनाको दोश्रो लहरमा अहिले सम्म १ सय १२ जनाले ज्यान गुमाएका छन भने ८५ जना सक्रिय संक्रमित अझै रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ