News Category 2078/03/30
सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
सप्तरीको रूपनी गाउपालिका वडा नं. ५ बसबिटीमा बालबिकास केन्द्र बालवालिकालाई खाद्यान्न सामग्री बितरण गरिएको छ ।
सबल नेपालको आयोजनामा तथा डब्लुएचएच÷प्mलाई एण्ड हेल्प÷आईडाको आर्थिक सहयोगमा मुक्तेश्वरनाथ प्राथमिक बिद्यालय बसबिटीका २५ जना वालवालिकालाई उक्त खाद्यान्न सामग्री बितरण गरिएको हो ।
अति बिपन्न समुदायका बालवालिकालाई लक्षित गरि सबल नेपालद्वारा संचालित बालबिकास भवन निर्माण कार्य (ईसिडी) अन्तर्गत सो निर्माणमा बचेका रकमबाट बालवालिकालाई खाधान्न उपलब्ध गराएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बताएका छन् ।
बितरण गरिएको खाद्यान्न सामग्रीमा चामल ३० केजी, दाल २ केजी, तेल २ लिटर, चिनी २ केजी र नुन दुई केजी, नुहाउनु साबुन २ वटाप्रति बिधार्थीलाई ३ हजार ९५ रूपैया बराबरको दरले उपलब्ध गराएको साहले जानकारी दिए ।
यसैगरी रूपनी गाउपालिका २ स्थित आर्दश सरस्वती प्राथमिक बिद्यालय लौवापार बालबिकास केन्द्रका ४२ जना बालवालिकाहरूलाई खाद्यान्न सामग्री प्रदान गरिएको सबल नेपालले जनाएको छ ।
दुबै बालबिकास केन्द्र ६७ जना बालवालिकालाई २ लाख ७ हजार ३ सय ६५ रूपैया बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो ।
सबल नेपालले रूपनी गाउपालिका वडा नं. ५ र २ मा बालवालिकालाई अध्ययन अध्यापन गर्न कठिनाई भईरहेको अबस्थामा बालवबिकास केन्द्र भवन निर्माण कार्यले बालवालिकालाई अध्ययन गर्न सहज हुने वडा अध्यक्ष जगदिश दासले बताए ।
रूपनी गाउपालिका अध्यक्ष हरेराम यादबको अध्यक्षतामा आयोजित खाद्यान्न बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान उपनिर्देशक नरेश कुमार साह, सबल नेपालका अध्यक्ष जुना गिरी, डब्लुएचएचका ईन्जिनियर कमल चापागाई, शिक्षा संयोजक श्याम यादब, गाउँपालिकाका वास संयोजक मिथिलेश यादब, सबल नेपालका कार्यक्रम संयोजक रबिकान्त देव, सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठ लगायत शिक्षक, शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ