News Category 2078/04/01
एक हजार १ सय ४९ फरार प्रतिवादी पक्राउ, चार करोड बढी राजश्व संकलन
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
अपराध नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान चलाएपछि सप्तरी प्रहरीले एक वर्षको अवधीमा एक हजार बढी फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्ममा विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तोकिएका १ हजार १ सय ४९ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।
फरार प्रतिवादीसँगै प्रहरीले अवैध मालसमान जफ्तबाट ४ करोड भन्दा बढी राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
यसरी पक्राउ पर्ने फरार प्रतिवादीहरुमा फैजदारी अन्तरगतका २ सय १ र देवानीतर्फका ९ सय ४१ जना छन् । पक्राउ परेका फरार प्रतिवादीबाट २ सय ४२ वर्ष ५ दिन कैद वक्यौता तथा जरिवानाको वक्यौता १ करोड १९ लाख ५४ हजार ८ सय १६ रुँपैया असुली भएको उनले जानकारी दिए ।
यस्तै यस अवधीमा भन्सार छली अवैध रुपमा भित्राइएका ३ करोड १७ लाख ५९ हजार १ सय ७६ रुँपैया बराबरको विभिन्न सरसमान जफत गरि तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ