News Category 2078/04/04
उच्च अदालत जनकपुर राजविराज इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
उच्च अदालत जनकपुर राजविराज इजलासले आर्थिक वर्ष ०७७÷०७८ मा ३ हजार १ सय ९१ मुद्दा मध्ये १ हजार ४ सय मुद्दा फर्छयोट गरेको छ ।
वार्षिक कार्य योजनाको समिक्षा एवं पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम मार्फत अदालतले आ.ब.०७७÷०७८ को कार्य सम्पादनको स्थिती विवरण सार्वजनिक गरेको हो ।
कार्यक्रममा प्रस्तुत कार्य सम्पादनको विवरण अनुसार ०७७÷०७८ मा जनकपुर राजविराज इजलासले जिम्मेवारी सरेको १ हजार ४ सय १० र नयाँ दर्ता १ हजार ७ सय ९२ गरी जम्मा ३ हजार १ सय ९१ मुद्दा मध्ये १ हजार ४ सय मुद्दा फर्छयोट गरेको जनाएको छ ।
यस्तै सप्तरी जिल्ला अदालतले जिम्मेवारी सरेको ४ हजार २ सय ७० र नयाँ दर्ता ३ हजार १ सय ६२ गरी जम्मा ७ हजार ४ सय ३२ मुद्दा मध्ये ३ हजार ३६ मुद्दा फर्छयोट गरेको छ ।
यस्तै मातहतका अर्काे सिरहा जिल्ला अदालतले जिम्मेवारी सरेको ३ हजार ८ र नयाँ दर्ता ३ हजार ५ सय १८ गरी कुल ६ हजार ५ सय २६ मध्ये ३ हजार २ सय मुद्दा फर्छयोट गर्न सफल भएको उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाघिश डिल्लीराज आचार्यद्वारा कार्यक्रममा प्रस्तुत कार्य सम्पादन विवरणमा उल्लेख छ ।
कार्यक्रमम न्यायाधिश आचार्यले अदालत प्रशासन र न्यायप्रणालीमा सुधारका साथै नागरिकको न्यायका लागी अदालतमुखी र न्यायालयलाई नागरिकमुखी बनाउन विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी दिए ।
नागरिक मैत्रि न्यायालयको अवधारणा अनुरुप विपन्न र असाहय सेवाग्राहीलाई निशुल्क कानुनी साहयता, कारागारका कैदीबन्दीका लागी न्यायीक शिविर, न्यायीक प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन समुदायमा अदालत कार्यक्रम, दोभाषे सेवा, निःशूल्क प्रोवोनो सेवा,विधुतीय डिस्प्ले बोर्ड,सुचना तथा सहयोग कक्ष लगायतका सेवा प्रदान थालिएको उनले जानकारी दिए ।
यस्तै रिट निवेदनमा मुद्दाको कार्यतालिका निर्माण, अदालती सेवाबारे सबै स्थानीय तहमा परिपत्र, कर्मचारीलाई सुचना प्रविधी तथा सेवाग्राही संगको ब्यवहार सम्बन्धि तालिम, अदालतको कामलाई प्रभावकारी बनाउन न्यायाधिशहरुको संयोजकत्वमा विभिन्न समितीको गठन लगायतका काम समेत अघि बढेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ