News Category 2078/04/05
हत्याका पाँच फरारआरोपित पक्राउ
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
दुई पक्षबीच भएको कुटपिटका क्रममा एकको मृत्यु भएपछि घटनामा संलग्न रहेका पाँच जना फरार आरोपिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको खडक नगरपालिका ९ बस्ने ३२ वर्षिय नजबुल मियाँ, ५५ वर्षिय मो. कालिस मियाँ, ६० वर्षिय रफुवा मियाँ, ४२ वर्षिय इजराइल मियाँ र ३२ वर्षिय मो. जाकिर छन् ।
उनीहरुलाई जिल्लाकै बोदेबरसाइन नगरपालिका ९ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक उमाशंकर प्रसाद साह, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक बिरेन्द्र पासवान र इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी नायब निरिक्षक सागिर राइनको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दाउद एक म्यानपावर कम्पनिका लागि बैदेशिक रोजगारीमा पठाउने एजेन्टको काम गर्दै आएका थिए । भने अनुसारको काम नपाएको तथा विदेशमा आफन्त विचल्लीमा परेको भन्दै कुटपिट गर्दा दाउदको ज्यान गएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार गत असार २४ गते राती १० बजेतिर आरोपितहरुले लाठी, फटालगायतका घरेलु हतियारले आक्रमण गरि दाउदलाई घाइते बनाई फरार भएका थिए । सोही राती उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यता पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ