News Category 2078/04/06
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
लगातारको वर्षाले सप्तरीस्थित चन्द्र नहरको बाँध ठाउँ ठाउँमा कटान गर्दा करिब तीन सय घर डुवानमा परेको छ ।
नेपालकै पुरानो मध्येका एक सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरको बाँध बाढीले कटान गर्दा करिब तीन सय घर डुबानमा परेको हो ।
नहरको बाँध फुटेर सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का गरी तीन सय घर डुबानमा परेको तथा घर घरमा दुई÷तीन फिटसम्म पानी जमेको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् ।
सोमबार साँझदेखि सुरु भएको वर्षा मंगलबार विहान पनि जारि रहँदा उक्त नगरपालिकाको जुटपानी, सत्रापत्र, अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहरको बाँध दुई ठाँउमा भत्काएको स्थानीय अमर खवासले बताएका छन् ।
बाढीले बाँध सँगै नहर छेउको ठूलो सिमलको रुख समेत ढालेर दुई स्थानमा गरी करिब ५० मिटर नहर कटान गरेको छ । यस्तै नगरक्षेत्रका खहरेखोलाको बाढी ओभरफ्लो भई निरन्तर धक्का दिन थालेपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको छ ।
विगतमा पनि सप्तकोसी नगरपालिका ९ कमलपुरमा चन्द्र नहरको बाँधले उच्च वहाव थेग्न नसकि फुटेर करोडौंको क्षति पु¥याएको थियो ।
यता जिता नदीको बाढीले जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुर, वडा नं. ५ बरसाइन र वडा नं. ८ तोपाका करिब सय भन्दा बढी घर डुबानमा पारेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिएका छन् ।
दुई दिन यता निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर निकै बढेकोले स्थानिय प्रशासनले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ