News Category 2078/04/07
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
नेपाली काँग्रेसको जिल्ला अधिवेशन नजिकिदै जाँदा सभापती पदका आकाक्षी पनि थपिदै गएका छन् ।
काँग्रेसको वडा र पालिका स्तरको अधिवेशनको मिती केही हेरफेर गरिएपनि जिल्ला अधिवेशन तोकेकै मिति साउन १६ गते हुने तय भएको काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
जिल्लामा नेतृत्वका लागी अहिले सम्म १३ जनाले दाबेदारी गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन् । पछिल्लो पटक बुधवार उम्मेदवारी घोषणा गर्नेहरुमा नन्द किशोर यादव, भगवती प्रसाद यादव, रामु यादव र महेन्द्र प्रसाद यादव छन् ।
यसअघि देउवा पक्ष मानिएका शत्रुघन प्रसाद यादव, निर्मला कुमारी यादव, फत्तेहमहमद, राम प्रसाद मण्डल र ललन प्रसाद गुप्ताले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यस्तै पौडेल पक्ष मानिएका रामदेव साह, बद्री माहात्मान, नारायण प्रसाद चौधरी तथा आफुलाई दुबै पक्षका भन्न रुचाउने वर्तमान कार्यसमितीका सचिव रामकुमार यादवले पनि यस अघि नै उम्मेदवारी घोषणा गरी क्रियाशिल सदस्यहरुसँगको भेटघाट र उनीहरुको मत तान्न घरदैलो अभियान तिब्र बनाई सकेका छन् ।
जिल्ला अधिवेशनले सभापतीसहित दुई उपसभापति, दुई सचिव र दुई सहसचिवको निर्वाचन गर्नेछन । कार्यसमितिमा प्रत्येक पालिकाबाट सदस्य निर्वाचित हुने छन् । यस्तै निर्वाचित सदस्यमध्येबाट एक जनालाई सभापतीको प्रस्तावमा जिल्ला कार्यसमितिले कोषाध्यक्ष पदमा चयन गर्ने ब्यवस्था छ ।
कार्यसमितिमा महिला, दलित, आदीवासी, जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट जनसंख्याका आधारमा सामानुपातिक रुपमा सदस्यहरु निर्वाचित हुने छन् भने सभापतीले कुल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न पाउने छन् ।
काँग्रेसमा नेतृत्व चयन गर्न क्रियाशिल सदस्यहरु नै मतदाता रहने प्रावधान छ । वडामा रहेका क्रियाशिल सदस्यहरु मध्येबाट चुनिएका प्रतिनिधि पालिका, प्रदेश, प्रतिनिधिसभा क्षेत्र र जिल्लाको नेतृत्व चयन गर्नेछन् । सप्तरीमा काँग्रेसको करिब १८ हजार क्रियाशिल सदस्य रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ